सम्पत्ति शुद्धीकरण मुद्दामा माओवादी नेता पुरीलाई ४ करोडबढी जरिवाना, अन्यलाई कति ?

सम्पत्ति शुद्धीकरण मुद्दामा माओवादी नेता पुरीलाई ४ करोडबढी जरिवाना, अन्यलाई कति ?

आइतवार, फागुन ६ २०८०
आइतवार, फागुन ६ २०८०
  • images
    images
    सम्पत्ति शुद्धीकरण मुद्दामा माओवादी नेता पुरीलाई ४ करोडबढी जरिवाना, अन्यलाई कति ?

    काठमाडौँ / विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता रेवतराज पुरी (गगन)लाई  रु चार करोड तीन लाख ३४ हजार जरिवाना हुने फैसला गरेको छ । 

    विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आज सजाय निर्धारण गरी नेता पुरी र निजकी श्रीमती सीमा भनिने केशावती पुरीलाई रु चार करोड तीन लाख ३४ हजार आठ सय ९४ जरिवाना सुनाइएको हो ।

    विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले अभियोगपत्रमा जफत गर्न भनी दाबी गरिएको सम्पत्तिबाट बिगो बराबरका सम्पत्ति जफत हुने फैसला भएको जानकारी दिए। 

    प्रतिवादी बनाइएका मनमाया पुरी र देवकुमार पुरीलाई अदालतले सफाइ दिएको छ भने कृष्णकुमारी पुरी र सङ्गीता पुरीको नामको जग्गा जफत नहुने फैसला गरेको छ ।

    झापाको ‘बालुवाटार काण्ड’ भनेर चिनिने दमक–१३ मा सरकारी जग्गा हडपेर सम्पत्ति आर्जन गरेको निष्कर्षसहित सम्पत्ति शुद्धीकरण विभागले उनीहरूविरुद्ध मुद्दा दायर गरेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार