images
images

यी हुन् विश्वकै सबैभन्दा शक्तिशाली पासपोर्ट भएका १० देश !

यी हुन् विश्वकै सबैभन्दा शक्तिशाली पासपोर्ट भएका १० देश !

सोमवार, फागुन ७ २०८०
सोमवार, फागुन ७ २०८०
  • यी हुन् विश्वकै सबैभन्दा शक्तिशाली पासपोर्ट भएका १० देश !

    विश्वमा कुन देशको राहदानी सबैभन्दा शक्तिशाली र कुन देशको राहदानी सबैभन्दा कमजोर रहेको प्रस्तुत गर्दै सन् २०२४ को राहदानी (पासपोर्ट) को र्याङ्किङ सार्वजनिक भएको छ । 

    images
    images

    हेन्ले पासपोर्ट सूचकांकले इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसनले पासपोर्ट स्वतन्त्रतामा उपलब्ध गराएको विशेष डाटाको आधारमा र्याङ्किङ जारी गर्ने गर्दछ । यसले विश्वका सबै पासपोर्टहरूलाई सबैभन्दा कमजोरदेखि बलियोसम्म क्रमबद्ध रुपमा प्रकासन गर्ने काम गर्दछ । हेन्लेले प्रत्येक पासपोर्ट धारकले भिसा बिना कति देशहरूमा यात्रा गर्न सक्छ भनेर विचार गर्दछ। 

    संसारमा सबैभन्दा बलियो १० पासपोर्टहरु

    १. फ्रान्स, जर्मनी, इटाली, जापान, सिंगापुर, स्पेन (१९४ स्थानहरू)
    २. फिनल्याण्ड, दक्षिण कोरिया, स्वीडेन (१९३ स्थानहरू)
    ३. अस्ट्रिया, डेनमार्क, आयरल्याण्ड, नेदरल्याण्ड्स (१९२ स्थानहरू)
    ४. बेल्जियम, लक्जमबर्ग, नर्वे, पोर्चुगल, युनाइटेड किंगडम (१९१ स्थानहरू)
    ५. ग्रीस, माल्टा, स्विजरल्याण्ड (१९० स्थानहरू)
    ६. अष्ट्रेलिया, चेकिया, न्यूजील्याण्ड, पोल्याण्ड (१८९ स्थानहरू)
    ७. क्यानाडा, हंगेरी, संयुक्त राज्य अमेरिका (१८८ स्थानहरू)
    ८. इस्टोनिया, लिथुआनिया (१८७ स्थानहरू)
    ९. लाटभिया, स्लोभाकिया, स्लोभेनिया (१८६ स्थानहरू)
    १०. आइसल्याण्ड (१८५ स्थानहरू)

    सार्वजनिक गरेको उक्त राहदानी (पासपोर्ट) को र्याङ्किङ अनुसार विश्वका शक्तिशाली पासपोर्ट भएका दश देशमध्ये फ्रान्स, जर्मनी, इटाली, जापान, सिंगापुर, स्पेनको पासपोर्ट विश्वको सबैभन्दा शक्तिशाली पासपोर्ट हो । हेन्लेले सार्वजनिक गरेको उक्त पासपोर्ट र्याङ्किङ अनुसार यदि कुनै यात्रीसँग फ्रान्स, जर्मनी, इटाली, जापान, सिंगापुर, स्पेन पासपोर्ट छ भने, उसले बिना कुनै झन्झट १९४ देशहरूमा प्रवेश गर्न सक्छ। यी देशहरूको पासपोर्ट लिएर यात्रा गर्ने यात्रुले पहिल्यै भिसा नलिइ गएर सम्बन्धित देशमा पुगिसकेपछि मात्रै अन अराइभल भिसा लिन सक्ने सुविधा पाएका छन्।

    यस्तै, फिनल्याण्ड, दक्षिण कोरिया, स्वीडेनको पासपोर्ट विश्वको सबैभन्दा शक्तिशाली पासपोर्टको दोस्रो स्थानमा रहेको छ । यी देशका राहदानी भएका व्यक्तिहरूले पूर्व भिसा बिना नै १९३ देशहरू मा प्रवेश वा यात्रा गर्न सक्छन्। 

    त्यसैगरी अस्ट्रिया, डेनमार्क, आयरल्याण्ड, नेदरल्याण्ड्सको पासपोर्ट विश्वको सबैभन्दा शक्तिशाली पासपोर्टको तेस्रो स्थानमा छन् । यो देशका नागरिकले पूर्व भिसा बिना १९२ देशको यात्रा गर्न सक्छन् । 

    यस्तै, बेल्जियम, लक्जमबर्ग, नर्वे, पोर्चुगल, युनाइटेड किंगडम चौथो स्थानमा छ भने ग्रीस, माल्टा, स्विजरल्याण्ड पाचौँ स्थानमा छ यी दुवै देहका पासपोर्ट धारकहरुले पूर्व भिसा बिना क्रमशः १९१ र १९० देशहरूमा यात्रा गर्न सक्छ । 

    अष्ट्रेलिया, चेकिया, न्यूजील्याण्ड, पोल्याण्ड छैँटो, क्यानाडा, हंगेरी, संयुक्त राज्य अमेरिका सातौ र इस्टोनिया, लिथुआनिया आठौँ स्थानमा छ । यी देशका पासपोर्ट धारकहरुले पूर्व भिसा बिना नै क्रमशः १८९, १८८ र १८७ देशरुमा यात्रा तथा भ्रमण गर्न सक्छन् । 

    यस्तै विश्वका शक्तिशाली पासपोर्ट भएका दश देशमध्ये नवौँ स्थानमा लाटभिया, स्लोभाकिया, स्लोभेनिया र दसौँ स्थानमा क्रमश आइसल्याण्ड रहेको छ । यी  देशका नागरिकले भने पूर्व भिसा बिना नै क्रमशः १८६ र १८५ देशका भ्रमण गर्न सक्छन् । 

    शक्तिशाली पासपोर्टको सूचीमा नेपालको हालत भने दयनीय छ। अमेरिकासहित पश्चिमी देशले कैयौं प्रतिबन्ध लगाएको देश उत्तर कोरियाको पासपोर्ट समेत नेपालको भन्दा शक्तिशाली छ। नेपालको स्थान ८५ औं छ। नेपाली पासपोर्ट धारकहरुले पहिल्यै भिसा नलिइ ५६ देशको मात्र यात्रा गर्न सक्छन्।

    सार्वजनिक गरेको उक्त पासपोर्टको र्याङ्किङ अनुसार सबैभन्दा कमजोर पासपोर्ट अफगानिस्तानको छ जहाँका पासपोर्ट धारकलाई बिना भिसा २८ देशको मात्र यात्राको अनुमति छ। सिरियाले २९ गन्तव्य, इराकले ३१ गन्तव्य, पाकिस्तानीले ३४ गन्तव्य बिना भिसा यात्रा गर्न पाउँछन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार