images
images

फागुन ६ गते बसेको मन्त्रिपरिषद् बैठकको २५ निर्णयहरू के–के हुन् ? (सूचीसहित)

फागुन ६ गते बसेको मन्त्रिपरिषद् बैठकको २५ निर्णयहरू के–के हुन् ? (सूचीसहित)

मंगलवार, फागुन ८ २०८०
मंगलवार, फागुन ८ २०८०
  • फागुन ६ गते बसेको मन्त्रिपरिषद् बैठकको २५ निर्णयहरू के–के हुन् ? (सूचीसहित)

    काठमाडौँ / फागुन ६ गते आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न २५ वटा निर्णय गरेको छ। मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सरकारकी प्रवक्ता रेखा शर्माले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेकी हुन् ।

    images
    images
    images
    images

    मन्त्रिपरिषद् बैठकले तीनै तहका सरकारबीच रोयल्टी बाँडफाँटका आधारसहितका अनुसूचीहरू स्वीकृत गर्ने र सम्बन्धित प्रदेश तथा स्थानीय तहहरूलाई रकम हस्तान्तरण गर्ने निर्णय गरेको छ ।

    डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गर्ने ग्राहकहरूको विद्युत् महसुलसम्बन्धी विवाद निरुपण गर्न गठित जाँचबुझ आयोगको म्याद एक महिना थप्ने निर्णय भएको शर्माले जानकारी दिइन् ।

    यस्तै, मन्त्रिपरिषद्ले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक विकल पौडेललाई हटाउने निर्णयदेखि नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा भूपेन्द्र भण्डारीलाई नियुक्तसम्म गरेको छ ।

    यता, मन्त्री शर्माले माघ १८ र २५ सँगै फागुन ६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेकी हुन् । माघ १८ र २५ गते बसेको बैठकले २३–२३ वटा निर्णय गरेको थियो भने फागुन ६ गतेको बैठकले २५ वटा निर्णय गरेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार