images
images

सत्तापक्ष बाद प्रतिबादः पूर्वसूचना हुँदापनि सरकारले नागरिकको ज्यान बचाउन सकेन– कांग्रेस नेता विश्वकर्मा, २४ सै घण्टा ड्युटीमा छौं – एमाले नेता ढुङ्गेल

सत्तापक्ष बाद प्रतिबादः पूर्वसूचना हुँदापनि सरकारले नागरिकको ज्यान बचाउन सकेन– कांग्रेस नेता विश्वकर्मा, २४ सै घण्टा ड्युटीमा छौं – एमाले नेता ढुङ्गेल

शुक्रवार, असोज १८ २०८१
शुक्रवार, असोज १८ २०८१
  • सत्तापक्ष बाद प्रतिबादः पूर्वसूचना हुँदापनि सरकारले नागरिकको ज्यान बचाउन सकेन– कांग्रेस नेता विश्वकर्मा, २४ सै घण्टा ड्युटीमा छौं – एमाले नेता ढुङ्गेल

    काठमाडौं / पूर्वसूचना हुँदा पनि सरकारले नागरिकको ज्यान बचाउन नसकेको सरोकारवालाहरुले बताइरहँदा नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य कैलाश ढुङ्गेलले बाढी/ पहिरोलगायत विपद्जन्य घटनापछि सरकार २४ घण्टै ड्यूटीमा रहेको बताएका छन् ।

    images
    images
    images
    images


     एक साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले  यस्तो बताएका हुन् । बाढी/पहिरो प्रभावित क्षेत्रमा सरकारले सेना, प्रहरी लगायतका संयन्त्र परिचालन गरेर काम गरिरहेको बताएका हुन् ।  तर, नेकपा (माओवादी केन्द्र) का सचिव एवं प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलले बाढी, पहिरोलगायतका प्राकृतिक विपत्तिको समयमा सरकारको उपस्थिति नदेखिएको बताएका छन् ।


    यस्तैगरी, सत्तारुढ दल नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दिएको पूर्व सूचना अनुसार काम नगर्दा बाढी पहिरोमा ठूलो क्षति भएको बताएका छन् । उनले पूर्वसूचना हुँदा पनि सरकारले नागरिकको ज्यान बचाउन नसकेको बताएका छन् । मलाईमात्रै होईन, आम नागरिकलाई चित्त नबुझेको उनले बताए । 


    यता एमाले नेता ढुंगेलले भने ‘अहिलेको सरकार २४ घण्टै ड्यूटीमा रहेको बताउँदै कोशिस गरिरहेको बताएका छन् । म झर्खर रोशी खोला हेरेर आएँ । दोलखा, धादिङतिर पनि हेरेर आएँ । त्यहाँ आफ्नो गक्षअनुसार काम भइरहेको छ । धेरै भन्नुपर्ने अवस्था छैन । सिन्धुली र रामेछाप जोड्ने खुर्कोटमा सेनाले भर्खरे बेलीबृज पुर्याएको छ । रोशी खोलाको भत्किएका ठाउँहरुमा डाइभर्सन बनाउँदैछ । गर्ने कामलाई पनि प्रोत्साहन गर्ने बानी हामीले बसाल्नुपर्छ । 


    सरकारले आफ्नो क्षमता अनुसार जनतालाई सेवा प्रदान गर्न काम गरिरहेको उनले बताए । नेता ढुङ्गेलले केही भएको छैन भन्ने भाष्य निर्माण गर्न आवश्यक नरहेको उनले बताए । ‘यतिबेला कांग्रेस–एमालेको सरकार छ । यो सरकार बाढी पहिरोले पारेको प्रभाव क्षेत्रमा गएर सेना, प्रहरी सबै राज्यको अंगहरु परिचालित गरिरहेको छ । उद्धार गरिरहेको छ । बाटो निर्माण सुरु भइरहेको छ । यो आपत्तिको घडीमा दलहरुमा विमत्ति छ भन्ने मलाई लाग्दैन,’– उनले भने । 


    साथै, एमाले र एमालेका जनसंगठन युवा संघ, विद्यार्थीहरु बागमतीको तिर, रोशी खोला, धादिङको किनार, मकवानपुरमा सेना, प्रहरी र अन्य दलहरु सँगसँगै हाम्रो दल पनि जनताको पक्षमा दिनरात खटिइरहेका उनले बताए । 
    विपद्को समयमा सरकारले तदारुकता देखाउन सकेन, सर्वदलीय बैठक पनि प्रचण्डले बोलाउनुपर्योः देवेन्द्र पौडेल 
    नेकपा (माओवादी केन्द्र) का सचिव एवं प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलले बाढी, पहिरोलगायतका प्राकृतिक विपत्तिको समयमा सरकारको उपस्थिति नदेखिएको बताएका छन् ।

    साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले काठमाडौं उपत्यकामा नै तीन घण्टासम्म गुहार माग्दा पनि सरकारले उद्धार गर्न चासो नदेखाएको बताए । 


    ‘टिनको टहरामा तीन–तीन घण्टासम्म चार जना व्यक्तिहरु उभिएर सरकारलाई गुहार गर्दा सरकार कहाँ थियो । यो हुम्ला, जुम्ला, जाजरकोट, ताप्लेजुङ होईन । काठमाडौं उपत्यकामा तीन घण्टासम्म बचाउ, बचाउ भनेर नागरिक चिच्याइरहँदा कहाँ थिए हाम्रा हेलिकोप्टर ? राति १२/ १ बजे पनि होईन । 


    एमाले–कांग्रेसलाई म भन्न चाहन्छु– सरकार कहाँ थियो ?’ उनले प्रश्न गर्दै भने, ‘एक जना पौडिन जानेको नागरिकले बचायो, सरकारको उपस्थिति देखिएन । सबै कुराको मैले विरोध गर्न चाहन्न । सेना, प्रहरीले सहयोग गरेको कुराको मैले विरोध गर्न चाहन्न । सरकारले जुन तदारुकता देखाउन पर्थ्यो, सकेन ।’ 


    रोशी खोलाले बितण्ड मच्चाउँदाखेरी घाइतेहरुको उपचार, राहतको व्यवस्थापन गर्ने कुरामा सरकार चुकेको उनको भनाइ छ । विपद्को समयमा सरकारको भूमिका नदेखिएको उनले बताए । उनले सरकार हराएको टिप्पणी गरे । 


    सरकारले यति ठूलो प्राकृतिक विपत्तिमा सर्वदलीय बैठक बोलाएर निकास खोज्ने कुरासमेत सोच्न नसकेको उनको टिप्पणी छ । प्रमुख प्रतिपक्षी दलले सर्वदलीय बैठक आह्वान गरेपनि सरकार नैतिक शंकटमा परेर सरकारले अन्तिम समयमा सर्वदलीय बैठक बोलाएको उनले बताए । आपतको बेलामा सरकारले गर्ने कामको तौरतरिका नमिलेको उनको टिप्पणी छ । 


    ‘सरकारको उपस्थिति, सकृयता पुगेन । जबकी मौसमविद्ले सोचेभन्दा बढी बाढी आउँछ, क्षति हुन्छ भनेर एक हप्ता अगाडिदेखि भनिरहेका थिए । खोई तयारी ? हाम्रो प्रधानमन्त्रीज्यू नेपालको प्रतिनिधित्व गरेर संयुक्त राष्ट्रसंघको कार्यक्रममा जानुभयो । गएको कुरामा हाम्रो आपत्ति छैन । तर, देशमा २ सयभन्दा बढी नागरिकको ज्यान जाने स्थिति आइसक्यो । उहाँ नियमित प्रक्रियामै बसिरहनु हुन्छ । एयरपोर्टमा आएर उहाँले व्यङ्ग्य गर्नुहुन्छ,’– नेता पौडेलले भने । 


    उनले प्रधानमन्त्री ओलीले देशको कार्यकारी प्रमुखको हैसियतले गर्नुपर्ने समवेदना, सहानुभूति, श्रद्धाञ्जली, सद्भाव प्रकट गर्न नसकेको टिप्पाणी गरे । प्राकृतिक विपत्तिको बेलामा सरकार पक्ष र प्रतिपक्षमा विभाजन हुन नहुने स्मरण गराउँदै उनले तरपनि वर्तमान सरकारको प्रतिनिधित्व एकदमै कमजोर भएको बताए ।


    नागरिकको ज्यान गएको बेला, राज्यमा विपद् आएको बेला सबै एक ठाउँमा हुनुपर्ने र त्यसको संयोजन गर्नुपर्ने निकाय सरकार रहेको उनले बताए । विपद्को बेला सरकारको भूमिकालाई गणितले मापन गर्न नसकेको उनको टिप्पणी छ । ‘इमानदारितापूर्वक सरकारको उपस्थिति कमजोर रह्यो । सरकारले गर्न सकेन भनेर स्वीकार गर्नु नै सहज हुनुहुन्छ,’– उनले भने, ‘दुई तिहाईको भनिएको सरकार जनताको पक्षमा भन्दा पनि कसको पक्षमा गठित भएको हो ? कसको पक्षमा काम गर्छ भन्ने कुरा प्रष्ट हुन सकेन ।’ 


    अब सरकारले बाटो भत्किएको ठाउँमा वैकल्पिक बाटो बनाएर यातायात सुचारु गर्ने, बनाउन सकिने ठाउँमा तत्काल बनाउने, खाद्यन्नलगायतका उपभोग्य सामाग्रीहरुको अभाव हुन नदिएर जनतालाई चाडबाडको समयमा राहत दिनुपर्ने उनको माग छ । यति पनि गर्न नसक्ने हो भने जनताको माझ माफी मागेर मैले काम गर्न सकिँन भन्नुपर्ने उनले बताए । 


    पूर्वसूचना हुँदा पनि सरकारले नागरिकको ज्यान बचाउन सकेन, मलाईमात्रै होईन, आम नागरिकलाई चित्त बुझेको छैनः कांग्रेस नेता विश्वकर्मा नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दिएको पूर्व सूचना अनुसार काम नगर्दा बाढी पहिरोमा ठूलो क्षति भएको बताएका छन् । साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले । बिहीबार, शुक्रबार, शनिबार र आइतबार चार दिनसम्म अति भारी वर्ष हुने पूर्व जानकारी हुँदा पनि नागरिकहरुलाई बचाउन नसकिएको उनले बताए । 


    ‘हाम्रो मौसम विज्ञानले दिनै तोकिदिएको थियो । बिहीबार, शुक्रबार, शनिबार र आइतबार चार दिनसम्म अति भारी वर्ष हुँदैछ र यसमा केही रेड जोनहरु पनि छुट्याइदिएको थियो । नेपालको मौसम विज्ञानप्रति विश्वास गरेर, भर परेर नेपाल सरकारको सुरक्षा निकायहरु र प्राकृतिक प्रकोपबाट नेपाली नागरिकलाई बचाउने संरचनाहरु र जनशक्तिहरु थिए । तिनले जति भूमिका खेल्नुपर्ने थियो, अहिले हामी सबैको मनमा लागेको छ भनेजति भूमिका खेलेनन्,’ उनले भने । 


    त्यस्तै, लामो दुरीको यात्रा नगर्नु भनेर सरकार पन्छिएको उनको आरोप छ । सरकारले लामो दुरीको यात्रामा नगर्नु भनेपछि गाडीहरु रोक्नेतर्फ ध्यान दिन चुकेको उनको भनाइ छ । ‘गाडीहरु रोकेको भए झ्याप्ले खोलामा अचानक त्यति ठूलो क्षति बेहोर्नु पर्दैन थियो । मुग्लिनमा रोक्न सकिन्थ्यो, नौविसेमा रोक्न सकिन्थ्यो । तर, विभिन्न ठाउँमा रोक्नुपर्ने कामहरु के कारणले रोकिएन,’ उनले भने । 


     सरकारले विपदको समयमा जति गर्नुपर्ने हो गर्न नसकेपनि नेपाली सेना र प्रहरी र सशस्त्र प्रहरीले भूमिका भने प्रसंशनीय रहेको उनले बताए । सरकारको नेतृत्व, प्राधिकरणको नेतृत्व, कर्मचारीको नेतृत्व बाहिर रहेको अवस्थामा बाढी पहिरोसहितको विपत्ति आएको उनले सुनाए । यस्तो अवस्थामा पनि सेना, प्रहरीलगायत सुरक्षा निकायले पाँच हजारभन्दा धेरैलाई उद्धार गरेको उनको दाबी छ । 


    सरकारको निकायबाट भएका कामहरुलाई केही पनि भएन भन्न नमिल्ने उनले बताए । नख्खुको टिनको छानामा भएका मानिसहरु बाढी आउँदै छ भाग्नुस् भनेर धन्दा पनि अटेर गरेर बसेको उनको आरोप छ । परिस्थितिजन्य घटनालाई लिएर सरकारले केही पनि गरेन भन्न नमिल्ने उनको भनाइ छ । 


    नेता विश्वकर्माले केही ठाउँबाहेक सरकारले राम्रो काम गरेको बताए । सरकारले जति गर्नुपर्ने हो त्यो गर्न नसकेको उनले स्वीकार गरे । यसमा आम नागरि र आफूलाई पनि चित्त नबुझेको उनले सुनाए । ‘मेरो पनि चित्त बुझेको छैन । आम नागरिकको चित्त बुझेको छैन । यो भन्दा राम्रो गर्न सकिन्थ्यो । मौसम विज्ञानले समयमै भनिदिएको थियो । त्यो ठाउँ खाली गर्न सकिन्थ्यो । खाली गर्न कडाई गर्न सकिन्थ्यो,’– उनले भने । 

    अब उद्धारको कार्य सकिन लागेको उनले बताए । अब सरकारले वास्तविक पीडितलाई उचित र पर्याप्तमात्रामा राहत पुर्याउनुपर्ने उनले बताए । नेता विश्वकर्माले त्यसपछि सरकारले पुनर्वासको लागि पनि सरकारले सोच्नुपर्ने बताए । 

     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार