images
images

पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव : यी प्रदेशहरूमा बर्षा र हिमपात हुने, सतर्कता अपनाउन आग्रह

पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव : यी प्रदेशहरूमा बर्षा र हिमपात हुने, सतर्कता अपनाउन आग्रह

बुधवार, फागुन ९ २०८०
बुधवार, फागुन ९ २०८०
  • पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव : यी प्रदेशहरूमा बर्षा र हिमपात हुने, सतर्कता अपनाउन आग्रह

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ।

    images
    images

    मधेश प्रदेश र बागमती प्रदेशमा साधारणतया बदली तथा बाँकी भूभागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशको एक वा दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

    आज बुधबार  देशभर आंशिक देखि साधारणतया बदली रहने छ। मधेश प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ। 

    देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको साथै बाँकी उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

     बिहीबार देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा देशका बाँकी प्रदेशहरुका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, गण्डकी प्रदेशका र कर्णाली प्रदेशको एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ  ।

    शुक्रबार देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ। पहाडी भूभागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका र कर्णाली प्रदेशको थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ  ।


    वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन लगायत  कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार