images
images

राष्ट्रिय खेलाडीहरुको उपस्थितिमा कान्तिपुर स्कुलको खेलकुद सप्ताह सम्पन्न

राष्ट्रिय खेलाडीहरुको उपस्थितिमा कान्तिपुर स्कुलको खेलकुद सप्ताह सम्पन्न

शुक्रवार, फागुन ११ २०८०
शुक्रवार, फागुन ११ २०८०
  • राष्ट्रिय खेलाडीहरुको उपस्थितिमा कान्तिपुर स्कुलको खेलकुद सप्ताह सम्पन्न

    काठमाडौँ / धुम्बाराहीस्थित कान्तिपुर इङ्लिस हाईस्कुल (केईएचएस)मा खेलकूद सप्ताह सम्पन्न भएको छ । चार दशकअघि स्थापना भएको केईएचएसले बिभिन्न खेलकूद कार्यक्रमको आयोजना गर्दै खेलकूद सप्ताह सम्पन्न गरेको हो ।

    images
    images
    images
    images

    नेपाली खेलकूदमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका खेलाडी तथा प्रशिक्षकहरुको उपस्थितिमा स्कुलले वार्षीक कार्यतालिका अनुसार कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा विद्यालयका खेलाडीहरुले बास्केटबल, फुट्सल, कराँते लगायतका खेल कौशल प्रस्तुत गरेका थिए ।

    बास्केटबल प्रतियोगिता चालिरहँदा राष्ट्रिय महिला टिमका खेलाडीहरु गिरासा सिलवाल र मिना गुरुङको उपस्थिति रहेको थियो । त्यस्तै, फुट्सल प्रतियोगिता चलिरहँदा नेपाली राष्ट्रिय टिमका पूर्व मिडफिल्डर भोला सिलवाल उपस्थित भएका थिए ।

    उपस्थित पाहुनाहरुले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विजेता खेलाडीहरुलाई बधाई ज्ञापन गर्दै पुरस्कृत गरेका थिए । साथै, खेलाडीहरुलाई उप्रेरित गर्ने मन्तब्य समेत दिएका थिए ।

    कार्यक्रमबारे प्रतिक्रिया दिँदै स्कुलका प्रिन्सिपल सुभद्रा श्रेष्ठले खेलप्रेमी विद्यार्थीहरुलाई स्कुलले उपयुक्त वातावरण दिनुपर्ने मान्यता राख्दै आफूहरु अघि बढिरहेको बताइन् । गुणस्तरिय शिक्षासँगै स्कुलले अतिरिक्त क्रियाकलापहरुलाई निरन्तरता दिइरहने प्रतिज्ञा गरिन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार