images
images

बैद्य इनर्जीले पोखरामा ल्यायो एथर इलेक्ट्रिक, अटोवेज बन्यो पोखराको डिलर

बैद्य इनर्जीले पोखरामा ल्यायो एथर इलेक्ट्रिक, अटोवेज बन्यो पोखराको डिलर

सोमवार, फागुन १४ २०८०
सोमवार, फागुन १४ २०८०
  • बैद्य इनर्जीले पोखरामा ल्यायो एथर इलेक्ट्रिक, अटोवेज बन्यो पोखराको डिलर

    पोखरा / एथरका लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता अटोवेज प्रा.लि.लाई पोखराको डिलरको रूपमा एथरलाई पोखरामा भित्र्याएको छ । 

    images
    images

    बैद्य अर्गनाइजेशनको सहायक कम्पनी ‘बैद्य इनर्जी’ले भारतीय इलेक्ट्रिक स्कुटर कम्पनी एथर इनर्जीका उत्पादन नेपालमा बिक्री सुरु गरेसँगै काठमाडौँ र ललितपुरपछि पोखरामा पनि फागुन १२ बाट नै बिक्री सुरु गरिसकेको छ । 

    भारतकै सर्वाधिक सफल र चर्चित इलेक्ट्रिक स्कुटर पछिल्लो समय नेपाली बजारमा माग बढिरहेको कम्पनीको दावी छ । 

    विशेषगरी, आटोवेजले टोयोटाको डिलरको रूपमा पनि २० बर्षअघि देखि नै पोखरामा सेवा दिइरहेको छ । यसले मूख्य कम्पनीसँग दीर्घकालिन सम्बन्ध रहेको पुष्टि गर्दछ । 

    1.jpg

    पोखरामा पहिलो डिलरसँगै सर्भिस स्टेशन पाउनुको साथै दुई चार्जिङ स्टेशन पहिले नै स्थापित भएका छन्, जुन अटोवेज भवन केन्द्रमा र लेकसाइड केन्द्रमा रहेका छन्। 

    कम्पनीका अनुसार थप दुई चार्जरहरू शीघ्र लगाइने छन्, जुन पोखरा भर्सनमा आवश्यकता र सुगमताको लागि गरिनेछ ।

    वैद्य एनर्जीको सिइओ सुर्यंश वैद्यले अटोवेज प्रा.लि.सँग सहकार्य गरी एथर एनर्जीलाई पोखरामा ल्याउन उत्साहित रहेको बताए । 

    ethar1.jpg

    एथरको सफल मोडल ‘४५० एक्स’ दुई फरक ब्याट्री अप्सनमा नेपालमा उपलब्ध हुनेछ । जसमा २.९ किलोवाट आवर र ३.७ किलोवाट आवरको दुई ब्याट्री रहने छन् । ग्राहकले आफ्नो आवश्यकता अनुसारको भर्सन छनोट गर्न सक्नेछन् । 

    एथर ‘४५० एक्स’ अविश्वसनिय फिचरको कारण चर्चामा रहेको इलेक्ट्रीक स्कुटर हो । यसमा पार्किङ एसिस्ट, अटो होल्ड, फलसेफ, गुगल म्याप जोडिएको ७ इन्चको टीएफटी डिस्प्ले जस्ता फिचर उपलब्ध छन् । यसको टप स्पीड ९० किलोमिटर प्रतिघन्टा रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार