images
images

बिवाइडीले याङवाङ यु ९ सार्वजनिक गर्दै, मूल्य कति ?

बिवाइडीले याङवाङ यु ९ सार्वजनिक गर्दै, मूल्य कति ?

बुधवार, फागुन १६ २०८०
बुधवार, फागुन १६ २०८०
  • बिवाइडीले याङवाङ यु ९ सार्वजनिक गर्दै, मूल्य कति ?

    काठमाडौं / बिवाइडीले आफ्नो पहिलो प्रिमियम उप-ब्राण्ड अन्तर्गतको सम्पूर्ण इलेक्ट्रिक सुपरकार मोडल यु९ को अनावरण गरेको छ। 

    images
    images

    यो गाडीले ट्र्याक प्रदर्शन, सडक अनुकूलन क्षमता विशेषताहरूलाई अविचलित रूपमा इंटिग्रेट गर्ने कम्पनीले जनाएको छ।

    इ४ प्लेटफर्म एक पावर सिस्टम हो जसमा चार स्वतन्त्र इलेक्ट्रिक मोटरहरू छन्। चार वटै पंग्राको स्वतन्त्र ट्वर्क निर्यात नियन्त्रणले उपयोगकर्ताहरूलाई सुरक्षा, प्रदर्शन, र अनुभवक अनुभूति दिन्छ। याङवाङ यु ९ मा १,३०० हर्स पावर र अधिकतम १६८० एनएमको ट्वर्क क्षमता छ।

    बिवाइडी डिसस्-एक्स इन्टेलिजेन्ट बडी नियन्त्रण प्रणाली भएको अर्को नविन प्रयोग हो। यसले सस्पेन्सनलाई उच्चतम ७५एमएम सम्मको यात्रा गर्न दिने कम्पनीको भनाइ छ। 

    यसको ५००एमएम/सेकेण्ड को सिङ्गल-एक्सिस लिफ्टिङ स्पिड र अधिकतम १ टनभन्दा बढी भर उठाउन क्षमताले ब्रेकिङ्ग, एसिलेरेसन, मोड र रोडको अवस्था जस्ता जुनसुकै परिस्थितिमा पनि यु९ मा उपलब्ध सुविधाहरूले चालक र यात्रु दुबैलाई अभुतपूर्व ड्राइभिंग अनुभव प्रदान गर्छ। 

    Ncell


    हालै गरिएको अनुसन्धानमा याङवाङ यु ९ को  शीर्ष गति ३०९.१९ किलोमिटर प्रति घण्टा र ० देखि १०० किलोमिटर प्रति घण्टा २.३६ सेकेण्डमा, ०-४०० एम एसिलेरेसन मात्र ९.७८ सेकेण्डमा भन्ने प्रमाणित भएको थियो। 

    त्यो संगै ट्रयाकमा गरिएको परीक्षणमा यु९ को सुधारिएको ताप व्यवस्थापन प्रविधिले उच्च तापको व्यवस्थापन गर्दै अधिकतम शीतलता धारण गर्ने क्षमतामा १०० प्रतिशत वृद्धि देखाएको कम्पनीले बताएको छ। 

    यसको मूल्य ३ करोड ९ लाख ५० हजार रूपैयाँ तोकिएको र यसै वर्ष विक्री वितरण गरिने कम्पनीले बताएको छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार