images
images

वोर्ल्ड कार अवार्ड २०२४ मा बिवाइडी टप थ्री, एक बर्षमा ३० लाख विद्युतीय सवारीसाधन बिक्री

वोर्ल्ड कार अवार्ड २०२४ मा बिवाइडी टप थ्री, एक बर्षमा ३० लाख विद्युतीय सवारीसाधन बिक्री

बिहिवार, फागुन १७ २०८०
बिहिवार, फागुन १७ २०८०
  • वोर्ल्ड कार अवार्ड २०२४ मा बिवाइडी टप थ्री, एक बर्षमा ३० लाख विद्युतीय सवारीसाधन बिक्री
    images
    images

    २६ फेब्रुअरीको जेनेभा मोटर शोमा वोर्ल्ड कार अवार्ड २०२४ को लागि शीर्ष तीन अन्तिम प्रतियोगीहरूको घोषणा गरिएको छ। बिवाइडी को मोडल बिवाइडी सेलले ‘वोर्ल्ड कार ओफ द इयर’ र बिवाइडी डल्फिन, ले “वोर्ल्ड अरबन कार” श्रेणीहरूमा टप तीन स्थान हासिल गर्दै, क्रमशः प्रतिस्पर्धामा अगाडि बढेका छन्।

    बिवाइडीले ‘वोर्ल्ड कार अवार्ड’ श्रेणीको शीर्ष तीनमा सुचीकृत हुने पहिलो र एक मात्र चिनियाँ कार निर्माताको इतिहास बनाएको छ। 

    विश्वभरको प्रमुख अटोमोटिभ परिचालनका महत्त्वपूर्ण पुरस्कारको रूपमा चिनिएका ‘वोर्ल्ड कार अवार्ड’, ‘युरोपियन कार ओफ द इयर’, र ‘नोर्थ अमेरिकन कार ओफ द इयर’ अत्यधिक रूपमा प्रशंसित छन्।

    ‘विश्वमा अटोमोटिभ ओस्कर’को नाममा प्रसिद्ध भएको ‘वोर्ल्ड कार अवार्ड’ विश्वभरको अटोमोटिभ उद्योगमा धेरै प्रतिक्षित कार्यक्रमको रूपमा बिशेष चर्चा गरिने गरिन्छ।  

    बिवाइडीको असाधारण प्रदर्शनले नै यसलाई विश्वकै प्रमुख विद्युतीय सवारीसाधनको नेतृत्वको स्थानमा पुर्याएको हो।  

    यी दुई मोडेलहरूले, आफ्नो विशेष डिजाइन, असाधारण प्रविधि र मजबूत सुरक्षा विशेषताहरूको कारण, २९ देशका १०० अटोमोटिभ मिडिया तथा विश्वभरका विशेषज्ञहरूको ध्यान आकर्षित गरेको छ। 

    सन् २०२३ मा बिवाइडी सेल र बिवाइडी डल्फिनले युरो एनसिएपी र एएनसिपी परीक्षणमा पनि पाँच-ताराको रेटिङ प्राप्त गरेका थिए। विशेषतः बिवाइडी सेललाई ‘युरोपियन कार ओफ द इयर २०२४’को अन्तिम चरणका लागि पनि नामाङ्कित गरिएको थियो ।

    विद्युतीय सवारीसाधन क्षेत्रमा अग्रणीको रूपमा, बिवाइडीले २०२३ मा ३० लाख विद्युतीय सवारीसाधन बिक्री गर्दै, दोस्रो वर्षका लागि पनि विश्वभरमा शीर्ष स्थान मात्र नभएर, ग्लोबल अटोमोटिभ ब्रान्डहरूको शीर्ष दशमा समेत प्रवेश गरेको थियो जुन चाहि चिनिया अटोमोटिभ निर्माताको लागि इतिहासमै पहिलो हासिल थियो । 

    अहिलेसम्म, बिवाइडीले छ महादेशका ७० देशका ४०० भन्दा बढी शहरहरूमा प्रभावकारी उपस्थिति जनाइसकेको छ।

    २०२३ मा, बिवाइडी ग्राहकवर्गको व्यापक प्रशंसा र रोजाई जित्दै विभिन्न अन्तर्राष्ट्रिय बजारहरूमा अग्रणीको रूपमा उदाएको छ, जसमा थाईल्यान्ड, सिङ्गापुर, कोलम्बिया, र ब्राजिल लगायतका देशहरू समावेस छन्।  

    byd.jpg

    विश्व कार पुरस्कारको उद्देश्यसँगै निरन्तर यातायातको क्षेत्रमा नवीनता अभिवृद्धिको उद्देश्यका साथ, बिवाइडी प्रविधिको विकाससँगै जिरो एमिसन समाधान निर्माण गर्नका लागि प्रतिबद्ध छ। 

    यसले बिवाइडीको ग्राहकवर्गको अनुभवमा सुधार गर्न, र अटोमोटिभ उद्योगको परिवर्तन तथा प्रगति गर्नमा मात्र सिमित नभई निरन्तर रूपमा अटोमोटिभ उद्योगलाई अझै हरित र न्युन कार्बन उत्सर्जनमा परिवर्तन गरि विश्वको स्थायी विकासमा सक्रिय योगदान पुर्याउने उद्देश्यलाई पनि दर्शाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार