images
images

अध्ययन र जानकारी विना बैङ्कका कर्मचारी हिरासतमा लिनु दुःखुद्, अनाहकमा कारवाही नगर्न सिबिफिनको आग्रह

अध्ययन र जानकारी विना बैङ्कका कर्मचारी हिरासतमा लिनु दुःखुद्, अनाहकमा कारवाही नगर्न सिबिफिनको आग्रह

शुक्रवार, फागुन १८ २०८०
शुक्रवार, फागुन १८ २०८०
  • अध्ययन र जानकारी विना बैङ्कका कर्मचारी हिरासतमा लिनु दुःखुद्, अनाहकमा कारवाही नगर्न सिबिफिनको आग्रह

    काठमाडौँ / कर्जा दुरुपयोगको विषयलाई लिएर बैङ्कका कर्मचारी पक्राउ परेको घटनाप्रति बैङ्क तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन)ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै परिसङ्घले कुनै पेशाकर्मीलाई अपराधीकै शैलीमा धरपकडसहित नियन्त्रण लिई हिरासतमा राखिएको उक्त घटनाप्रति आपत्ति प्रकट गरेको हो ।

    images
    images

    धितो र कर्जा प्रवाहको विषयमा प्रचलित नियम र अन्तराष्ट्रिय बैङ्किङ अभ्यासको बारेमा गहिरो अध्ययन र जानकारी नलिइएको परिसङ्घले जनाएको छ । 

    “बैङ्कका गतिविधिहरू नियामक निकायको सूक्ष्म निगरानीमा रहेको विषय विदितै छ । बैङ्कभित्र कुनै पनि बदमासी भए वा कर्जा प्रवाह गर्दा व्यक्तिगत लाभ हुने र बैङ्कलाई नोक्सानी हुने गरी बदमासी गर्ने सम्बद्ध व्यक्तिहरूलाई प्रचलित कानुन अनुसार कारबाही हुनुपर्दछ र हुँदै आएको पनि छ,” परिसङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  

    व्यावसायिक÷व्यापारिक कर्जा, पूर्वाधार तथा विकास निर्माणको आयोजनामा ऋण लगानी गर्दा उक्त परियोजनाको सम्भाव्यता, लागत, परियोजनासँग रहेको धितोसम्पत्ति, मौज्दात, आसामीसँग लिनुपर्ने÷उठाउनुपर्ने रकम र सम्भावित आम्दानीसम्मलाई मध्यनजर गरेर ऋण लगानी हुने गरेको परिसङ्घले जनाएको छ । 

    धितो र कर्जा प्रवाहको विषयमा सतही जानकारीका आधारमा कुनै पेशाकर्मीलाई दोषी करार भए जसरी नै नियन्त्रण लिइनुले समग्र बैङ्किङ क्षेत्र त्रसित र भयवित बनेको र समग्र लगानीकर्ता समेत सोचमग्न बनेको परिसङ्घको भनाइ छ । 

    बैङ्कका कर्मचारीहरूमाथि भएको व्यवहारका कारण देशभित्र आफ्नो भविष्य नदेखेर रोजगारी वा शिक्षाका नाममा ठूलो जनशक्ति र धनराशी पलायन भइरहेको सन्दर्भमा आफ्नो मातृभूमिप्रति समर्पित हुँदै आफ्नो अनुभव, क्षमता र दक्षताको प्रयोग गर्दै देशको बैङ्किङ क्षेत्रको स्तरोन्नतिसहित समग्र अर्थतन्त्रमा नै महत्त्वपूर्ण टेवा पु¥याइरहेका बैङ्किङ क्षेत्रका कर्मचारीमा परेको मनोवैज्ञानिक सन्त्रासले भोलि राष्ट्रकै भविष्यमा पर्ने असरप्रति गम्भीर बन्नसमेत परिसङ्घले आग्रह गरेको छ । 

    नेपालको बैङ्किङ क्षेत्र एसियाली देशहरूकै तुलनामा सबल र सक्षम छन्, यो नेपालका बैङ्क तथा वित्तीय संस्थाहरू र नियामक निकायले प्रकाशित गरेका वित्तीय विवरणहरूले नै प्रमाणित गरेको परिसङ्घले दोहोर्याएको छ । यसो हुनुमा यस क्षेत्रमा कार्यरत काबिल कर्मचारीहरूको महत्वपूर्ण योगदान रहेको परिसङ्घको भनाइ छ । 

    “बैङ्किङ क्षेत्रमा कर्जा प्रदान गर्नु, कर्जाको अवस्था हेरी सम्भावित जोखिम व्यवस्थापन गर्नु र बिग्रेको कर्जा असुलउपर गर्ने कार्य गर्नु सामान्य बैङ्किङ प्रक्रिया रहेको हुँदा असल नियतबाट गरिएका कार्यलाई वेवास्ता गर्दै अनाहकमा कारवाहीको भागिदार बनाइनु न्यायसंगत हुँदैन,” विज्ञप्तिमा भनिएको छ, “यस्ता कार्यले बैङ्किङ क्षेत्रका कर्मचारीको सामाजिक जीवन र प्रतिष्ठामा मात्र होइन, बिना धितो वा परियोजना धितोमा कर्जा प्रवाहको अभ्यासमा अग्रसर हुने राष्ट्रको योजनामा समेत ठेस पुग्ने र यस्तो अभ्यासको वकालत गर्दै आएका अन्तराष्ट्रिय समुदायकोवीचमा समेत राष्ट्रको प्रतिष्ठा गिर्नेप्रति संवेदनशील हुन समेत सरोकारवाला सबैंको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ ।”  

    परिसङ्घले कर्जा प्रवाह जस्तो नियमितरूपमा गरिने कार्यको अन्तिम टुंगो नलागेसम्म कर्मचारीलाई धरपकड गरी हिरासतमा राख्ने जस्ता कार्य नगर्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार