images
images

माछापुच्छ्रे बैङ्कले ल्यायो डिजिटल माध्यमबाट भएका असफल काराबारलाई बैङ्कमा रिर्पोट गर्ने सुविधा

माछापुच्छ्रे बैङ्कले ल्यायो डिजिटल माध्यमबाट भएका असफल काराबारलाई बैङ्कमा रिर्पोट गर्ने सुविधा

आइतवार, फागुन २० २०८०
आइतवार, फागुन २० २०८०
  • माछापुच्छ्रे बैङ्कले ल्यायो डिजिटल माध्यमबाट भएका असफल काराबारलाई बैङ्कमा रिर्पोट गर्ने सुविधा

    काठमाडौँ / माछापुच्छ्रे बैङ्कले डिजिटल माध्यमबाट भएका कारोबारमध्ये कुनै कारोबार असफल भएको अवस्थामा उक्त असफल कारोबारलाई मोवाइल बैङ्किङ्ग एपरवेबसाइटमार्फत बैङ्कमा रिर्पोट गर्न मिल्ने सुविधा सञ्चालनमा ल्याएको छ । 

    images
    images

    दिनानुदिन डिजिटल कारोबार सङ्ख्या वृद्धि हुँदै आएको र ग्राहकको कारोबारलाई अझ प्रभावकारी, सफल तथा चुस्त बनाउने उद्देश्यले बैङ्कले यस्तो सुविधा सञ्चालनमा ल्याएको हो । जसअन्तर्गत असफल भएको कारोबारलाई रिर्पोट गरी सो रिपोर्टको प्रोग्रेस कुन चरणमा पुगेको छ भन्ने कुराको अपडेट हेर्न सकिन्छ । 

    साथै, असफल कारोबारको समस्या समाधान पश्चात रकम फिर्ता भएकोे जानकारी मेसेज र इमेलबाट ग्राहकलाई गराइन्छ । डिजिटल कारोवारमा आधुनिक प्रविधि भित्र्याई सो को प्रवर्द्धन, सम्बर्धन तथा कार्यान्वय गर्ने बैङ्कमध्येमा अग्रस्थानमा रही आएको माछापुच्छ्रे बैङ्कले जनाएको छ । 

    विज्ञान र प्रविधिका अनेकन आयामहरूलाई प्रयोगमा ल्याई आफुलाई स्मार्ट बैङ्कको रूपमा परिचित गराइरहेको बैङ्कले थप सुविधा ल्याएको हो । 

    बैङ्कले असफल डिजिटल कारोबारहरू बैङ्कसम्म नआइकनै जहाँकहि बसेर बैङ्कमा जानकारी गराई असफल कारोबारको रकम खातामा फिर्ता लिनको लागि ग्राहक बैङ्कसम्म आउनुपर्ने, फोन गरिरहनुपर्ने झन्झटबाट मुक्त गराउन यस्तो सुविधा प्रदान गरेको हो । 

    यस अन्तर्गत ग्राहकले आफ्नो मोवाइल बैङ्किङ्ग एपको प्रयोग गरेर स्टेटमेन्ट बटनमा गई असफल कारोबारको बारेमा रिर्पोट गर्न सक्नेछन् । 

    यसरी ग्राहकको रिर्पोट प्राप्त भएपछि बैङ्कले उक्त कारोबारको बारेमा आवश्यक प्रकृया अगाडी बढाउने र असफल भएको प्रमाणको आधारमा ग्राहकको खातामा सम्वन्धित रकम आफैँ फिर्ता गर्नेछ । 

    स्मार्ट बैङ्कको रूपमा बैङ्कले आफ्ना ग्राहकहरूलाई सहज र सुरक्षित डिजिटल भुक्तानीका माध्यम तथा उपकरणहरू प्रदान गर्दै आएको र विभिन्न डिजटिल बैङ्किङ्ग सेवा सुविधाहरू प्राप्त गर्न बैङ्कको कार्यालयसम्म पुग्नै नपर्ने गरी सेवासमेत प्रदान गरिरहेको छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार