images
Logo
images
images
images

राष्ट्र बैङ्कको तथ्याङ्क : देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति कस्तो छ ? (पूर्णपाठसहित)

राष्ट्र बैङ्कको तथ्याङ्क : देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति कस्तो छ ? (पूर्णपाठसहित)

शोधनान्तर स्थिति करिब ३ खर्बले बचतमा

आइतवार, फागुन २७ २०८०
आइतवार, फागुन २७ २०८०
  • images
    images
    राष्ट्र बैङ्कको तथ्याङ्क : देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति कस्तो छ ? (पूर्णपाठसहित)

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्ष २०८०/८१ को सात महिनाको तथ्याङ्क प्रकाशित गरेको छ । आइतबार प्रकाशित उक्त तथ्याङ्क अनुसार माघ महिनामा मूल्यवृद्धि (मुद्रास्फीति) ५.०१ प्रतिशत रहेको छ । 

    images
    images

    त्यस्तै, आयात २.३ प्रतिशत, निर्यात ७.१ प्रतिशत र कुल वस्तु व्यापार घाटा १.८ प्रतिशतले घटेको छ ।  विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २१.६ प्रतिशतले र अमेरिकी डलरमा १९.१ प्रतिशतले बढेको छ । 
    यसैगरी, शोधनान्तर स्थिति करिब ३ खर्बले बचतमा रहेको देखिएको छ । माघ महिनासम्ममा शोधनान्तर स्थिति २ खर्ब ९७ अर्ब ७२ करोडले बचतमा देखिएको हो । 

    यसैगरी, कुल विदेशी विनिमय सञ्चिति १ खर्ब ८४४ अर्ब ९४ करोड र अमेरिकी डलरमा १३ अर्ब ८९ करोड रहेको छ भने नेपाल सरकारको खर्च ६ खर्ब ८६ अर्ब ७५ करोड र राजस्व परिचालन ५ खर्ब ६७ अर्ब ४० करोड रहेको देखिन्छ । 

    विस्तृत मुद्राप्रदाय ७.० प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १३.७ प्रतिशतले बढेको छ ।


    बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७.० प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ४.१ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.४ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.७ प्रतिशत रहेको छ ।

    हेर्नुस् पूर्णपाठसहित 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार