images
images

‘टोयोटा महिला र्‍याली’का लागि रजिस्ट्रेसन खुला : सहभागी हुन ३ हजार शुल्क, विजयीले नगद पुरस्कार पाउने

‘टोयोटा महिला र्‍याली’का लागि रजिस्ट्रेसन खुला : सहभागी हुन ३ हजार शुल्क, विजयीले नगद पुरस्कार पाउने

सोमवार, फागुन २८ २०८०
सोमवार, फागुन २८ २०८०
  • ‘टोयोटा महिला र्‍याली’का लागि रजिस्ट्रेसन खुला : सहभागी हुन ३ हजार शुल्क, विजयीले नगद पुरस्कार पाउने

    काठमाडौँ / टोयोटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटले ‘टोयोटा महिला र्‍याली’ निकाल्ने घोषणा गरेको छ । युनाइटेड ट्रेडर्सले एक विज्ञप्ति जारी गरी आगामी वैशाख ८ गते र्‍याली निकाल्ने घोषणा गरेको हो ।

    images
    images

    कम्पनीले अटोमोटिभ क्षेत्रमा क्रियाशील महिलाहरूको साहसी, सहयोगी तथा सौहाद्रपूर्ण भावनालाई अझै शसक्त बनाउने उद्देश्ले उक्त महिला र्‍यालीको आयोजना गर्न लागेको जानकारी दिएको छ । 

    र्यालीमा सहभागी हुन ३ हजार रुपैयाँ बुझाउनु पर्छ । दर्ताको मिति फागुन ३० गतेदेखि चैत २८ गतेसम्म तोकिएको छ।

    उक्त र्यालीमा विजयी हुनेहरूलाई नगद पुरस्कार समेत प्रदान गरिने आयोजक कम्पनीले जनाएको छ । पहिलो हुने टिमले ५० हजार, दोस्रो हुनेले २५ हजार र तेस्रो हुनेले १० हजार नगद पुरस्कार पाउने छन् । यसका लागि मार्च १० बाट लागि रजिस्ट्रेसन खुलिसकेको छ । 

    युनाइटेड ट्रेडर्स सिन्डिकेटले र्‍यालीमा प्रायोजन गर्न समेत विभिन्न कम्पनीहरूलाई आग्रह गरेको छ ।

    टोयोटाले सन् २००४ देखि नै यस प्रकारको महिला र्याली आयोजना गर्दै आएको थियो । त्यसैको निरन्तरता स्वरूप सो र्‍याली आयोजना गर्न लागिएको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार