काठमाडौँ / विश्व प्रसिद्ध इटालियन ब्रान्डका बेनेली बाइकले नेपाली नयाँ बर्ष २०८१ को अवसरमा विशेष योजना अघि सारेको छ । बजारको मागलाई ध्यानमा राखी नेपालका लागि आधिकारिक वितरक नेपालमा केटिएम इन्टरनेशनल ट्रेडिङ्ग (प्रा.) लि.ले सो योजना ल्याएको हो ।
नेपालका धेरै युवाहरूको रोजाइ बन्न पुगेको यो बाइक १९११ देखि बजारमा आएको हो । केटिएम इन्टरनेशनलले २०१५ देखि बेनेली बाइक आयात तथा बिक्रीवितरण गर्दै आएको छ ।
कम्पनीले उत्कृष्ट डिजाइन, शक्तिशाली इन्जिन, र प्रभावकारी प्रदर्शनको एक संयोजन प्रदान गरेका १२५ सिसिदेखि ७५० सिसिसम्मका बेनेली बाइक तथा स्कुटरहरू नेपालमा बिक्रीवितरण गर्दै आएको छ ।
तेस्रो मुलुकबाट आयात भएता पनि सधै गुणस्तरिय सर्भिस तथा सजिलै बाइकका पर्ट्सपुर्जा पाइदैन भन्ने भ्रमलाई गलत सबित गर्दै गुणस्तरीय सेवा प्रदान गर्दै आएको केटिएम इन्टरनेशनलले नयाँ बर्ष २०८१ का लागि विषेश फाइनान्स योजना ल्याएको छ ।
योजनाअन्तर्गत १८० सिसि बाईक तथा स्कुटरमा २० मिनेटमा नै शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा साधन खरिद गर्न सकिने छ ।
साथै अरु मोडलहरूका बाइकहरूमा विशेष छुटको व्यवस्था मिलाएको छ । कम्पनीले मोडल हेरी १५ हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म छुट दिने भएको छ ।
यो अद्भुत अवसरको सदुपयोग गरी उत्कृष्ट इटालियन डिजाइन, शक्तिशाली इन्जिन, र सर्वोत्कृष्ट प्रदर्शनलाई सस्तोमा प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ । नयाँ बर्ष २०८१ विषेश योजनाका अधिक जानकारीको लागि हाम्रा केटिएम इन्टरनेशनलको नारायणचौर, नक्साल शाखामा सम्पर्क गर्नसमेत कम्पनीले आग्रह गरेको छ ।