images
images

मौसमविद् भन्छन् - आज पनि खुल्दैन मौसम, तीन दिनपछि पनि नयाँ मौसमी प्रणाली भित्रिने

मौसमविद् भन्छन् - आज पनि खुल्दैन मौसम, तीन दिनपछि पनि नयाँ मौसमी प्रणाली भित्रिने

बिहिवार, चैत ८ २०८०
बिहिवार, चैत ८ २०८०
  • मौसमविद् भन्छन् - आज पनि खुल्दैन मौसम, तीन दिनपछि पनि नयाँ मौसमी प्रणाली भित्रिने
    काठमाडौँ / पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावले बुधबार काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भएको छ ।
     
    जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार विशेषगरी कोशी, मधेस र बागमती प्रदेशमा वर्षा भएको छ । काठमाडौँ उपत्यकामा दिनभर निरन्तर वर्षा भएको छ । 
     
    महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले कोशी, मधेस र बागमती प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा वर्षा भएको जानकारी दिए । 
     
    उनले आगामी तीन दिनसम्म वर्षाको सम्भावना रहेको बताए। “बुधबार काठमाडौँमा  दिनभर नै वर्षा भएको छ, आगामी तीन दिनसम्म उल्लेख्य रुपमा मौसममा सुधार हुने देखिँदैन तर आजको जस्तो झरी हुँदैन । तीन दिनपछि पनि नयाँ मौसमी प्रणाली भित्रिने भएकाले वर्षाको सम्भावना छ ।
     
    मौसमविद् अधिकारीले बिहीबार कोशी र मधेस प्रदेशमा हुरीसहित वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरे । उनका अनुसार बुधबार रातभर बर्षा भएको र आज बिहीबार भने तुलनात्मक रुपमा भोलि बिहीबार कम वर्षा हुनेछ ।
     
    महाशाखाको पछिल्लो विवरणमा बुधबार काठमाडौँमा नौ दशमलव आठ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा धेरै जनकपुरमा १५ मिलिमिटर वर्षा रेकर्ड भएको छ । 
     
    यस्तै, सिमरा र ओखलढुङ्गामा समान १० मिलिमिटर तथा ताप्लेजुङमा आठ दशमलव पाँच, धनकुटा र जनकपुरमा पनि समान पाँच मिलिमिटर वर्षा भएको महाशाखाले उल्लेख गरेको छ ।
     
    महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा हाल नेपालमा पश्चिमीन्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । 
     
    जसका कारण अहिले कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङ्सहित  छिटपुटदेखि हल्का वर्षा तथा गण्डकी प्रदेशको एक–दुई स्थानमा छिटपुट वर्षा भइरहेको छ भने ती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात भइरहेको छ ।
         

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार