images
images

काठमाडौँमा मध्याह्नपछि पानी पर्ने, देशका अन्य भूभागको मौसम कस्तो रहला ?

काठमाडौँमा मध्याह्नपछि पानी पर्ने, देशका अन्य भूभागको मौसम कस्तो रहला ?

बिहिवार, चैत ८ २०८०
बिहिवार, चैत ८ २०८०
  • काठमाडौँमा मध्याह्नपछि पानी पर्ने, देशका अन्य भूभागको मौसम कस्तो रहला ?
    images
    images

    काठमाडौँ / पश्चिमी न्यूनचापीय प्रणाली तथा विहार राज्यको आसपासको न्यूनचापीय प्रणालीको प्रभावले आज पनि काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका मौसमविद् चिरञ्जीवी भेटुवालका अनुसार अहिले काठमाडौँ उपत्यकासहित देशभर आंशिक बदली भएको छ । 

    आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा पानी पर्ने सम्भावना  छ । काठमाडौँमा मध्याह्नपछि वर्षा हुने सम्भावना छ । कोशी प्रदेशका केही स्थानमा अहिले छिटपुट वर्षा भइरहेको छ ।

    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव भोलि शुक्रबारसम्म सक्रिय रहने भएकाले देशका धेरैजसो स्थानमा यसको प्रभाव पर्ने महाशाखाले पूर्वानुमान गरेको छ ।

    कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जन र  चट्याङ्सहित  सामान्य वर्षा हुने सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपात हुने विभागको अनुमान छ ।

    विभागका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघ गर्जनसहित  छिटपुट  वर्षाको सम्भावना  छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार