चर्चित समाचार
  • विभिन्न कार्यक्रम गर्दै सानिमा रिलायन्स लाइफको प्रथम वार्षिकोत्सव सम्पन्न

    विभिन्न कार्यक्रम गर्दै सानिमा रिलायन्स लाइफको प्रथम वार्षिकोत्सव सम्पन्न

    शुक्रवार, चैत ९ २०८०
    शुक्रवार, चैत ९ २०८०
  • विभिन्न कार्यक्रम गर्दै सानिमा रिलायन्स लाइफको प्रथम वार्षिकोत्सव सम्पन्न

    सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको  विशेष  दिन आज कम्पनीले विविध कार्यक्रमको आयोजना बिच प्रथम वार्षिकोत्सव मनाएको छ । प्रभातफेरि, रक्तदान लगायत विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।

    साबिकका सानिमा लाईफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स गाभिएर  २०७९ चैत्र ९ गतेका दिन एक बनेको थियो ।

    कम्पनीका संचालक समितिका अध्यक्ष, संचालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, उच्च पदाधिकारीहरू लगायतका  सहभागितामा विभिन्न संदेश मूलक प्लेकार्डसहित प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो ।

    sanima 2.JPG

     उक्त कार्यक्रम कम्पनीको कमलादी कार्यालयबाट सुरुवात भई घन्टाघर – भद्रकाली – जमल हुदै पुन ः कमलादीमा पुगेर  टुंगिएको थियो ।  

    साथै, मानव जीवनको रक्षा गर्ने उदेश्यले नेपाल रेड क्रस सोसाईटिसंगको सहकार्यमा कम्पनीको प्रधान कार्यालय, बानेश्वरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।  

    उक्त कार्यक्रममा ५५ जना बढी सहभागीहरुले रक्तदान नि गरेका थिए । 

    काठमाडौँ शान्तिनगरस्थित असहाय वृद्धबृद्धाहरुको लागि विशेष आश्रय प्रदान गरिरहेको नि ः सहाय सेवा सदनमा आहार बिहार र देशैभरि विभिन्न शाखा कार्यालयहरू मार्फत सामाजिक उत्तरदायित्व अन्तर्गत सोही किसिमका कार्यक्रमहरूको आयोजना गरि  मनाइराखिएको छ ।

    sanima life nepal.JPG

    बिमा  कम्पनीहरूको पुँजी वृद्धि गरि समग्र बीमा क्षेत्रलाई अझै मजबुत बनाई उत्कृष्ट ग्राहक  सेवा प्रवाह गर्नका  लागि बिमा नियमनकारी निकायको पहलमा दुई कम्पनी गाभिएर बनेको बीमक सानिमा रिलायन्सको चुक्ता पुँजी ४. १८ अर्ब रहेको छ भने लगानी १७ अर्ब नजिक र जीवन बीमा कोष रू १२. ६९ अर्ब रहेको छ । 

    देशभरि १७५ साखा संजाल मार्फत आफ्नो सेवा प्रदान गर्दै आएको कम्पनीको व्यवसाय तथा अधिकांश आर्थिक सूचकाङ्कहरू  सकारात्मक रहेका छन् ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार