काठमाडौँ / सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्पोरेट कार्यालयलगायत देशैभरीका कार्यालयहरूमा सम्पत्ति शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
कम्पनीले ‘सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस’को अवसरमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो ।
सम्पत्ति शुद्धिकरण निवारण दिवसको अवसरमा ‘वित्तिय क्रियाकलापमा पारदर्शिता, सम्पत्ती शुद्धिकरण निवारणमा प्रतिबद्धता’भन्ने मुल नारालाई आत्मसाथ गर्दै सम्पत्ति शुद्धिकरण र यसले समग्र अर्थतन्त्र तथा बिमा क्षेत्रमा पार्ने प्रभाव र त्यसको न्यूनीकरणको लागि चाल्नुपर्ने कदमबारे जानकारी गराइएको थियो ।
उक्त कार्यक्रममा कार्यान्वयन अधिकृत रन्जु लम्सालले प्रस्तुतीकरण गरेकी थिइन् भने कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले यसको महत्त्व, आवश्यकता, र न्यूनिकरणबारे जानकारी गराएका थिए ।
उक्त कार्यक्रममा पहिलो चरणमा कर्पोरेट कार्यालयका उच्च व्यवस्थापन सहितका कर्मचारीहरूको सहभागिता थियो भने दोस्रो चरणमा प्रदेश शाखा तथा उपशाखा कार्यालय कार्यरत कर्मचारीहरूलाई भर्चुअल माध्यमबाट सहभागी गराइएको थियो ।