images
images

इलामको निर्वाचनमा रास्वपाको उम्मेदवारबारे चलेका हल्ला निराधार : विपिन आचार्य

इलामको निर्वाचनमा रास्वपाको उम्मेदवारबारे चलेका हल्ला निराधार : विपिन आचार्य

मंगलवार, चैत १३ २०८०
मंगलवार, चैत १३ २०८०
  • इलामको निर्वाचनमा रास्वपाको उम्मेदवारबारे चलेका हल्ला निराधार : विपिन आचार्य

    काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री विपिन कुमार आचार्यले दलको उम्मेदवारको सन्दर्भमा सामाजिक सञ्जालमा चलेका हल्लाहरू निराधार रहेको बताएका छन् । 

    सोमबार फेसबुकमार्फत उनले रास्वपाको उम्मेदवार छनौट लोकतान्त्रिक मुल्यमान्यता र पारदर्शिताको सिद्धान्तको आधारमा हुने उल्लेख गर्दै आचार्यले हल्लाहरूलाई विश्वास नगर्न सबैलाई आग्रह पनि गरेका छन् । 

    “रास्वपा प्राइमरीमार्फत उम्मेदवार छनौट गर्ने नेपालकै पहिलो राजनीतिक दल भएको आम मतदातामा जानकारी मै छ,” उनले भनेका छन्, “रास्वपाको उम्मेदवार छनौटको सामान्य जानकारी पनि नराख्ने केही व्यक्तिहरूले अनावश्यक हल्ला फैलाउने मनसायले सामाजिक सञ्जालमा विभिन्न व्यक्ति इलामबाट उम्मेदवार हुने भन्दै सम्प्रेषण गरेका सामग्रीलाई विश्वास नगर्न इलामसहित देशैभरका शुभेच्छुकहरुलाई आग्रह गर्दछु ।”

    आचार्यले आगामी बैशाख १५ गते हुने इलामको उपनिर्वाचनको लागि दलले प्राइमरी निर्वाचनको प्रकृया शुरु गरिसकेको र निर्वाचनमा भाग लिन आकांक्षा राख्नेहरू सो प्रकृयामा सामेल रहेका पनि बताएका छन् । 

    “रास्वपाले सुदृढ लोकतान्त्रिक विधी र प्रणालीमार्फत नेपाली जनतामा रहेको परिवर्तनको आकांक्षालाई सम्बोधन गर्ने लक्ष्य राखेको छ,” उनले भने, “यसका लागि हाम्रो दल आम जनताले रुचाएका व्यक्तिलाई नै उम्मेदवारको रूपमा खडा गर्न प्रतिबद्ध छ ।”  

    उनका अनुसार रास्वपाले प्राइमरीमार्फत आउने म्यान्डेडको सम्मान गर्दछ । नेताको खल्तीबाट उम्मेदवार उठाउने र जनप्रतिनिधीको रूपमा जनताको मुद्दाहरूबाट पन्छिने क्रमको अन्त्य हुनैपर्छ । 

    “त्यसको लागि रास्वपाले प्राइमरीजस्तो लोकतान्त्रिक विधी र प्रकृयामार्फत उम्मेदवार छनौटको अवधारणा ल्याएको छ,” उनले भने । 

    “रास्वपा सेवा प्रवाहको लागि सरकारमा गएको हो । सरकारमा सहभागीताले उपनिर्वाचनको दौरानमा गठबन्धन गर्ने पक्षमा रास्वपा थिएन र छैन,” आचार्यले भने, “निर्वाचनको स्वच्छता कायम गर्दै रास्वपा मित्रवत प्रतिस्पर्धामा जान्छ । अन्य दलसँग तालमेल गर्ने हल्लामा समेत कुनै सत्यता छैन ।”

    दल गठनको दुई बर्ष पनि नपुग्दै रास्वपाका सांसदहरूले संसदमा जनताका मुद्दाहरू प्रखर रूपमा उठाएको र छोटो समय सरकारमा रहँदासमेत दलका मन्त्रिहरूले समेत आशा जाग्ने काम गरेको भन्दै उनले रास्वपाको जित्ने आधार नै जनताका मुद्धाहरुमा दलले राखेको अडान रहेको बताए । 

    गत शुक्रवारदेखि सामाजिक सञ्जालमा रास्वपाले डा. बाबुराम भट्टराई लगायतका व्यक्तिहरूलाई उम्मेदवार बनाउने हल्ला चलेपछी रास्वपा सहमहामन्त्रीको यस्तो टिप्पणी आएको हो । सहमहामन्त्री आचार्यको स्टाटसले एमालेलगायत अन्य दलसँगको तालमेलको हल्लालाई समेत पूर्णत इन्कार गरेको उनले बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार