images
images

एक महिनामा ६ कम्पनीका सेयरमा ‘लकइन’ अवधि सकिँदै, कुनको कहिले ?

एक महिनामा ६ कम्पनीका सेयरमा ‘लकइन’ अवधि सकिँदै, कुनको कहिले ?

बुधवार, चैत १४ २०८०
बुधवार, चैत १४ २०८०
  • एक महिनामा ६ कम्पनीका सेयरमा ‘लकइन’ अवधि सकिँदै, कुनको कहिले ?

    काठमाडौँ / एक महिनाको अवधीमा ६ वटा कम्पनीका सेयरमा लकइन अवधि सकिँदैछ । संस्थापक समूह, प्रभावित स्थानीय, कर्मचारी तथा म्युचुअल फण्डको स्वामित्वमा रहेका विभिन्न ६ कम्पनीका सेयरमा अबको एक महिनामा लकइन अवधि सकिने भएको हो । 

    images
    images

    सेयर रजिस्टार कम्पनीहरुले छुट्टाछुट्टै सार्वजनिक सूचना जारी गर्दै लकइन अवधि सकिनेबारे जानकारी गराएका हुन् । चैतको बाँकी अवधि र वैशाख १५ गतेभित्र ६ कम्पनीका सेयरमा लकइन सकिने भएको छ । 

    लकइन अवधि सकिएपछि ती सेयर कारोबार गर्न योग्य हुनेछ । सेयर संख्या थप हुने र मूल्यमा प्रभाव पर्न सक्ने भएकाले लगानीकर्तालाई पहिले नै लकइन अवधि सकिनेबारे सार्वजनिक सूचनामार्फत जानकारी गराउन थालिएको हो ।

    सबैभन्दा पहिले लकइन सकिने कम्पनी हो– सूर्याज्योति लाइफ इन्स्योरेन्स । कम्पनीले कर्मचारीलाई सुरक्षित गरेको २ लाख ९९ हजार २९३ कित्ता सेयरमा चैत २० देखि लकइन अवधि सकिने भएको छ । सो कम्पनीकै संस्थापक समूहबाट सर्वसाधारण समूहमा परिणत भएको ३७ लाख ९१ हजार ९१ कित्ता सेयरमा पनि चैत २० देखि नै लकइन अवधि सकिने भएको छ । यी सेयर साधारणसरह चैत २१ देखि कारोबार हुन सक्नेछ ।

    सो कम्पनीको १ करोड १ लाख ७५ हजार ९७९ कित्ता संस्थापक सेयरमा चैत २० देखि नै लकइन अवधि सकिने भए पनि संस्थापक सेयरको कारोबार संस्थापक–संस्थापकबीच मात्रै हुन सक्नेछ ।

    चैत २३ मा सोनापुर मिनरल्स एण्ड आयल कम्पनीको म्युचुअल फण्डसँग रहेको ४ लाख २ हजार १९ कित्ता सेयरमा लकइन अवधि समाप्त हुँदैछ । २४ गतेदेखि कारोबार हुनेगरी फुकुवा हुने सेयर रजिस्टार कम्पनी एनआईएमबीएस क्यापिटलले जनाएको छ ।

    चैत २५ गते सिंगटी हाइड्रोपावरको संस्थापक, आयोजना प्रभावित तथा कर्मचारीको सेयरमा लकइन अवधि सकिने भएको छ । चैत २६ गतेदेखि ती सेयर सर्वसाधारणसरह कारोबारका लागि खुला हुनेछ । सिंगटीको संस्थापक समूहको १ करोड १ लाख ५० हजार कित्ता, प्रभावित स्थानीयको १४ लाख ५० हजार कित्ता र कर्मचारीको ५८ हजार कित्ता सेयरमा चैत २५ देखि लकइन अवधि सकिने भएको हो ।

    वैशाख २ देखि माथिल्लो मैलुङखोला जलविद्युत कम्पनीले म्युचुअल फण्डलाई छुट्याएको ७५ हजार कित्ता सेयरमा लकइन अवधि समाप्त हुनेछ । लकइन अवधि समाप्त भएको भोलिपल्टबाट ती सेयर कारोबार गर्न बाटो खुल्नेछ ।

    वैशाख ३ देखि रुरु जलविद्युत् कम्पनीको कुल ४४ लाख ४४ हजार ९७८ कित्ता सेयरमा लकइन अवधि सकिने भएको छ । जसमा संस्थापकको ३९ लाख ४५ हजार ८८८ कित्ता, प्रभावित स्थानीयबासीको ४ लाख ८९ हजार २४५ कित्ता र कर्मचारीलाई सुरक्षित गरिएको ९ हजार ८४५ कित्ता सेयरमा वैशाख ३ गते लकइन अवधि सकिनेछ । यी सेयर वैशाख ४ देखि साधारणसरह कारोबार गर्न खुला हुनेछ ।

    त्यस्तै चिरख्वा हाइड्रोपावरले म्युचुअल फण्डलाई छुट्याइएको ४० हजार कित्ता सेयरमा वैशाख १५ देखि ‘लकइन’ समाप्त हुने बिक्री प्रवन्धक आरबीबी मर्चेन्ट बैंकिङले जनाएको छ ।

    कुन कम्पनीको कहिले सकिँदैछ लकइन अवधि ?

    कम्पनी ‘लकइन’ सकिने मिति ‘लकइन’ समूह
    सूर्याज्योति लाइफ इन्स्योरेन्स चैत २० कर्मचारी, संस्थापक
    सोनापुर मिनरल्स एण्ड आयल चैत २३ म्युचुअल फण्ड
    सिंगटी हाइड्रोपावर चैत २५ संस्थापक, प्रभावित
    माथिल्लो मैलुङखोला वैशाख २ म्युचुअल फण्ड
    रुरु जलविद्युत् कम्पनी वैशाख ३ संस्थापक, प्रभावित, कर्मचारी
    चिरख्वा हाइड्रोपावर वैशाख १५ म्युचुअल फण्ड

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार