images
images

स्ट्याण्डर्ड चार्टर्ड बैंकले लगातार पाँचौंपटक पायो त्रिपल ए रेटिङ

स्ट्याण्डर्ड चार्टर्ड बैंकले लगातार पाँचौंपटक पायो त्रिपल ए रेटिङ

शुक्रवार, चैत १६ २०८०
शुक्रवार, चैत १६ २०८०
  • स्ट्याण्डर्ड चार्टर्ड बैंकले लगातार पाँचौंपटक पायो त्रिपल ए रेटिङ
    images
    images

    काठमाडौँ / स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले पाँचौं पटक त्रिपल ए रेटिङ पाएको छ । 

    इक्रा नेपालले बैंकलाई लगातार पाँचौं वर्ष पनि बैंकलाई ‘इक्राएनपी-आईआर त्रिपल ए’ को रेटिङ पुनः पुष्टि गरिदिएको हो ।

    यो रेटिङले बैंकले समयमै वित्तीय दायित्वहरु पुरा गर्न सक्ने र कम्पनी उच्चतम स्तरको सुरक्षित रहेको बुझाउँछ ।

    इक्रा नेपालले बैंकका विभिन्न वित्तीय सूचकलाई आधारमानेर उक्त उच्च स्तरको रेटिङ दिएको बताएको छ । 

    जसमा बैंकको सीआरएआर, निष्कृय कर्जा (एनपीएल) लगायतका विभिन्न वित्तीय सूचकहरु छन् । हाल स्ट्याण्डर्ड चार्टर्ड बैंकको एनपीएल १.६० प्रतिशत मात्रै छ । 

    जुन अन्य वाणिज्य बैंकको तुलनामा सबैभन्दा कम हो । हाल अन्य वाणिज्य बैंकहरुको औषत एनपीएल नै ३.६३ प्रतिशत रहेको छ ।

    साथै, बैंकको वित्तीय अवस्था पनि अन्य बैंकको तुलनामा बलियो, सुरक्षित र वित्तीय सबलतामा अब्बल रहेको इक्रा नेपालको दावी छ ।

    लगातार पाँच वर्षसम्म त्रिपल रेटिङको पुनः पुष्टि पाएसँगै स्ट्याण्डर्ड चार्टर्ड बैंकका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दस्तिदारले यसले बैंक तथा बैंकका सबै सरोकारवालाहरुप्रतिको प्रतिबद्धताको बलियो प्रमाणीकरण रहेको बताएका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार