images
images

‘सरकारले भुक्तानी गर्न ढिलाइ गरे समग्र परियोजनामा ढिलाइ हुन्छ’

‘सरकारले भुक्तानी गर्न ढिलाइ गरे समग्र परियोजनामा ढिलाइ हुन्छ’

शुक्रवार, चैत १६ २०८०
शुक्रवार, चैत १६ २०८०
  • ‘सरकारले भुक्तानी गर्न ढिलाइ गरे समग्र परियोजनामा ढिलाइ हुन्छ’

    काठमाडौं / नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकारले भुक्तानी रोक्दा निर्माण परियोजनाहरूमा ढिलाइ भएको बताएका छन्।

    images
    images

    नेपाल निर्माण व्यवसायी महासंघको २५औं वार्षिकोत्सव कार्यक्रम अध्यक्ष ढकालले व्यवसायीको भुक्तानीमा ढिलाइ नगर्न आग्रह गरेका हुन्। उनले देश विकासको लागि पूर्वाधार विकास महत्त्वपूर्ण पक्ष रहेको बताए।

    'सरकारले भुक्तानी ढिलाइ गर्नु हुँदैन, भुक्तानी ढिलाइले समग्र परियोजनामा ढिलाइ हुन्छ,' ढकालले भने।

    निर्माण व्यवसायीहरूले लामो समयदेखि भुक्तानी 'क्लियर' हुन नसकेको गुनासो गर्दै आएका छन्। गत वर्षको भुक्तानीसमेत चालु वर्षको मंसिर महिनामा मात्रै क्लियर भएको थियो। यो वर्षको भुक्तानी करिब ४० अर्ब रूपैयाँ पुगेको उनीहरूको दाबी छ।

    सरकारले विभिन्न कारणले म्याद सकिएका परियोजनाको म्याद थपका विषयमा निर्णय लिन नसक्दा बिल पेस गर्न नसकिएको उनीहरूको भनाइ थियो। 

    अवस्था हरेर एक पटकको लागि फेरि म्याद थप गर्ने निर्णय गरेपछि ४० अर्बको भुक्तानी लिन बाँकी रहेको उनीहरूले बताएका छन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार