images
images

प्रथम ‘नेसनल हर्टिकल्चर एक्स्पो’मा झुम्मिए अवलोकनकर्ता, जडिबुटी नर्सरीमा चासो [तस्बिरहरू]

प्रथम ‘नेसनल हर्टिकल्चर एक्स्पो’मा झुम्मिए अवलोकनकर्ता, जडिबुटी नर्सरीमा चासो [तस्बिरहरू]

आइतवार, चैत १८ २०८०
आइतवार, चैत १८ २०८०
  • प्रथम ‘नेसनल हर्टिकल्चर एक्स्पो’मा झुम्मिए अवलोकनकर्ता, जडिबुटी नर्सरीमा चासो [तस्बिरहरू]

    काठमाडौँ / नेपालमा पहिलो पटक काठमाडौँस्थित भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा ‘नेसनल हर्टिकल्चर एक्स्पो–२०८०’ मा अवलोकनकर्ताहरूको आकर्षण बढेको छ । 

    images
    images

    पुष्प, फलफूल, कृषि तथा जडिबुटी नर्सरीका व्यवसायिक उत्पादनहरूको बृहत प्रदर्शनीको रूपमा चैत १६ गतेदेखि सुरु भएको उक्त एक्सपोमा विशेषगरी जडिबुटी नर्सरीमा अवलोकनकर्ताहरू झुम्मिएका हुन् । उक्त मेला चैत १९ गतेसम्म चल्नेछ ।

    Herticulture expo (10).jpg

     ‘नर्सरी व्यवसायको विकास र विस्तार, स्वच्छ वातावरणसहित आय र रोजगार’ भन्ने नारासहित सुरु भएको प्रदर्शनीमा देशभरीबाट पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि वन नर्सरी तथा जडिबुटी नर्सरीको ७ सयभन्दा बढी प्रजातीका बोटबिरुवाहरू प्रदर्शनी तथा बिक्री वितरणको लागि राखिएको छ । 

    Herticulture expo (9).jpg

    प्रदर्शनीका संयोजक रामजी कुँवरले मेलामा ७४ वटा व्यावसायिक स्टल, २ वटा फुड स्टल, ७ वटा अफिसियल स्टल तथा प्रतिस्पार्धाका लागि ५ वटा स्टल रहेको जानकारी दिए । 

    Herticulture expo (8).jpg

    साथै बिउविजन, औजार उपकरण तथा प्रविधिहरू तथा अन्य स्टलसमेत रहेका छन् । सर्वसाधारणले अवलोकन लागि प्रवेश शुल्क प्रतिव्यक्ति १ सय र विद्यार्थीहरू तथा ज्येष्ठ नागरिकका लागि प्रतिव्यक्ति ५० रुपैयाँ तोकिएको छ ।

    Herticulture expo (4).jpg

    एक्स्पो कम्तीमा ५० हजार जनाले अवलोकन गर्नुका साथै १ करोडभन्दा बढीको आर्थिक कारोबार हुने संघले अपेक्षा गरेको छ ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार