images
Logo
images
images
images

दक्षिण कोरियामा विमान दुर्घटना : १२४ जनाको शव फेला, कसरी भएको थियो दुर्घटना ?

दक्षिण कोरियामा विमान दुर्घटना : १२४ जनाको शव फेला, कसरी भएको थियो दुर्घटना ?

आइतवार, पुस १४ २०८१
आइतवार, पुस १४ २०८१
  • दक्षिण कोरियामा विमान दुर्घटना : १२४ जनाको शव फेला, कसरी भएको थियो दुर्घटना ?
    images
    images

    सिओल / दक्षिण कोरियामा भएको विमान दुर्घटनामा हालसम्म १ सय २४ जनाको शव फेला परेको छ । बीबीसीमा प्रकाशित समाचारअनुसार यसमध्ये ५४ जना पुरुष र ५७ जना महिला रहेका छन् । 

    १३ जनाको शवको पहिचान खुल्न सकेको छैन । विमानबाट दुई जनालाई जीवितै उद्धार गरिएको छ । दुवै विमानको चालक दलका सदस्य रहेका छन् ।

    उद्धार कार्यमा १ हजार ५६२ जना खटिएका छन् । जसमा वारुण यन्त्रका ४९० जना तथा ४५५ जना प्रहरी अधिकारी रहेका छन् ।

    आइतबार बिहान थाइल्याण्डको बैंककबाट उडान भरेको जेजु एयरको बोइङ ७३७–८०० विमान दक्षिण कोरियाको मुआन विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको थियो ।

    सामाजिक सञ्जालमा साझा गरिएका भिडियोमा विमान रनवेमा चिप्लिँदै भित्तामा ठोक्किन पुगेको थियो । विमान ठोक्किएसँगै विमानमा आगो लागेको थियो । दुर्घटना स्थानीय समय ९ः०७ मा भएको थियो।

    अवतरण्को क्रममा ल्यान्डिङ गियरमा समस्या आउदा दुर्घटना भएको समाचार एजेन्सीहरूले उल्लेख गरेका छन् । 

    पाङ्ग्रा खुल्न नसक्दा विमानको सिधैँ रनवेमा ठोक्किन्छ । यसै क्रममा विमान धावनमार्गमा चिप्लिएर विमानस्थलको बाउन्ड्री पर्खालमा ठोक्किएको थियो । 

    विमान ठोक्किने बित्तिकै ठूलो विस्फोट भयो र त्यो आगोको मुस्लोमा परिणत भएको देखिन्छ । दुर्घटनापछि विमानस्थलको उडान अवरुद्ध भएको छ । यहाँका सबै स्थानीय तथा अन्तर्राष्ट्रिय उडानहरु रद्द गरिएका छन् । जेजु एयर कोरियाको बजेट एयरलाइन्स हो । यो सन् २००५ मा स्थापना भएको थियो ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार