images
images

नेसनल हर्टिकल्चर एक्स्पो : नर्सरी क्षेत्रको एकीकृत महाकुम्भ, तेस्रो दिनसम्म ८६ लाखको कारोबार

नेसनल हर्टिकल्चर एक्स्पो : नर्सरी क्षेत्रको एकीकृत महाकुम्भ, तेस्रो दिनसम्म ८६ लाखको कारोबार

आइतवार, चैत १८ २०८०
आइतवार, चैत १८ २०८०
  • नेसनल हर्टिकल्चर एक्स्पो : नर्सरी क्षेत्रको एकीकृत महाकुम्भ, तेस्रो दिनसम्म ८६ लाखको कारोबार

    काठमाडौँ / नेपालमा पहिलो पटक आयोजना गरिएको ‘नेसनल हर्टिकल्चर एक्स्पो-२०८०’ मा अवलोकनकर्ताहरूको उत्साहजनक सहभागिता रहेको छ। काठमाडौँस्थित भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा चैत १६ गतेदेखि सुरु भएको प्रदर्शनी शनिबार र आइतबार मात्रै ३५ हजारले अवलोकन गरेका हुन् । 

    images
    images

     ‘नर्सरी व्यवसायको विकास र विस्तार, स्वच्छ वातावरणसहित आय र रोजगार’ भन्ने नारासहित सुरु भएको प्रदर्शनीलाई नर्सरी क्षेत्रको एकीकृत महाकुम्भरूपमा लिइएको प्रदर्शनीका संयोजक रामजी कुँवरले बताए। 

    Nursary Expo (3).jpg

    सोमबारसम्म चल्ने उक्त मेलामा शनिबार १५ हजार र आइतबार २० हजार अवलोकनकर्ताहरू भित्रिएका हुन् । संयोजक कुँवरका अनुसार एक्स्पोमा शनिबार ३५ लाखबढीको र आइबतार ४० लाख रुपैयाँबढीको कारोबार भएको छ । उनले हालसम्म ८६ लाख रुपैयाँ बराबरको कारोबार जानकारी दिए । 

    Ramji kuwar.jpg

    उक्त एक्स्पो कम्तीमा ५० हजार जनाले अवलोकन गर्नुका साथै १ करोडभन्दा बढीको आर्थिक कारोबार हुने संघले अपेक्षा गरिएको थियो । भोलि सोमबारसम्म चल्ने एक्स्पोमा ७४ वटा व्यावसायिक स्टल, २ वटा फुड स्टल, ७ वटा अफिसियल स्टल तथा प्रतिस्पार्धाका लागि ५ वटा स्टल रहेको छ । 

    प्रदर्शनीमा पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि वन नर्सरी र जडिबुटी नर्सरी गरी चार विधाका ७ सयभन्दा बढी प्रजातीका बोटबिरुवाहरू प्रदर्शनी तथा बिक्री वितरणको लागि राखिएको संयोजक कुँवरले बताए। 

    nursary.jpg

    उनका अनुसार मेलामा मलखाद, अर्गानिक एवं रासायनिक विषादी, बीउविजन, औँजार उपकरण तथा प्रविधिसम्बन्धी प्रदर्शनी रहनेछ भने कुल ९० कक्ष रहेका छन्। 

    अवलोकनकर्ताहरूले मेला उत्कृष्ट र आकर्षक रहेको बताएको उनी बताउँछन् । “भिजिटरहरूको प्रतिक्रियाले हामी उत्साहित भएका छौँ । आगामी बर्षहरूमा पनि निरन्तर आयोजना गर्नेछौँ । अब तिहारलक्षित मेला पनि आयोजना गर्ने योजना छ,” उनले भने । 

    जडिबुटीको बिरुवा, फूल फुल्ने र नफूल्ने सदावहार, इन्डोर प्लान्ट सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको आयोजकले जनाएको छ । जडिबुटीदेखि फूलको बिरुवा कृषि थता वनका सबै भेराइटीका प्लान्टहरू एकै ठाउँमा पाइने भएकोले मेलाबारे चासो लिएर अवलोकनकर्ताहरू आएको उनले बताए । 

    Nursary Expo (2).jpg

    नर्सरी व्यवसाय गर्न चाहने नव उद्यमी, जिज्ञाशु एवं अध्ययन अध्यापन साथै अनुसन्धान गर्ने सम्पूर्णको लागि यस मेला बृहत साझा मञ्च हुने विश्वास रहेको नर्सरी व्यवसायी सङ्घ, नेपालका अध्यक्ष रामजी प्रसाद तिमिल्सिनाले बताए । 

    नर्सरी व्यवसायमार्फत आय र रोजगार सृजना गर्न र व्यवसायीहरूलाई प्रोत्साहन गर्न मेलाले महत्त्वपूर्ण भुमिका खेलेको अध्यक्ष तिमिल्सिनाको भनाइ छ । 

    nursary.jpg

    मेलामा बिउविजन, औजार उपकरण तथा प्रविधिहरू तथा अन्य स्टलसमेत रहेका छन् । सर्वसाधारणले अवलोकन लागि प्रवेश शुल्क प्रतिव्यक्ति १ सय र विद्यार्थीहरू तथा ज्येष्ठ नागरिकका लागि प्रतिव्यक्ति ५० रुपैयाँ तोकिएको छ ।

    Ramaji timilsina.jpg

    फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान)सँग छुटेर पहिलो पटक आयोजना गरेको नेसनल हर्टिकल्चर एक्स्पो उत्साहजनक भएको र आगामी बर्षहरूमा पनि सोही ब्राण्डमा मेलाको आयोजना गरिने उनले बताए । नर्सरी व्यवसायी सङ्घमा १२६ भन्दा बढी सदस्यहरू रहेको सङ्घले फूल उत्पादक किसान र नर्सरी व्यवसायीलाई प्राथमिकता दिँदै आएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार