images
images

महालक्ष्मी विकास बैङ्कद्वारा वित्तीय जनचेतनामूलक भिडिओ सार्वजनिक (भिडिओ)

महालक्ष्मी विकास बैङ्कद्वारा वित्तीय जनचेतनामूलक भिडिओ सार्वजनिक (भिडिओ)

सोमवार, चैत १९ २०८०
सोमवार, चैत १९ २०८०
  • महालक्ष्मी विकास बैङ्कद्वारा वित्तीय जनचेतनामूलक भिडिओ सार्वजनिक (भिडिओ)

    काठमाडौँ / महालक्ष्मी विकास विकास बैङ्क लिमिटेडले कर्जा असुलीसम्बन्धी जनचेतनामूलक भिडिओ सार्वजनिक गरेको छ । बैङ्क तथा वित्तीय संस्थाबाट प्राप्त गर्ने कर्जा अवसरको ढोका रहेको हुँदा समयमै किस्ता ब्याज र किस्ता तिर्न र कर्जाको सही सदुपयोग गर्ने विषयमा बैङ्कले १ मिनेट २८ सेकेन्ड लामो भिडियो सार्वजनिक गरेको हो । 

    images
    images

    कर्जा प्रदान गर्नु र कर्जा असुली गर्नुलाई परिपूरकको रूपमा हेरिन्छ । भविष्यमा भुक्तान गर्ने गरी लिइएको रकम कर्जा हो भने कर्जा प्रवाह गर्नु बैङ्कको प्रमुख कार्य हो । बैङ्क तथा वित्तीय संंस्थाबाट प्रवाहित कर्जा समयमा नै बैङ्कमै फिर्ता ल्याउने प्रयास कर्जा असुली हो । 

    समयमै कर्जा असुली भएमा कर्जा लिने व्यक्ति (ऋणी)  र बैङ्क मात्रै नभई अर्थतन्त्र चलयामान बनाउन सहयोग पुग्छ । तर, पछिल्लो समय कर्जा असुलीमा समस्या पर्दा एकातिर कालोसूचीमा पर्नेको सङ्ख्या बढिरहेको छ भने अर्कोतिर दिनहुँजसो पत्रपत्रिकामा धितो लिलामीका सूचनाहरू आइरहेको छ । 

    बैङ्क र वित्तीय क्षेत्रमा देखिएको वर्तमान अवस्थालाई चित्रण गर्दै महालक्ष्मी विकास बैङ्कले प्रभावकारी वित्तीय साक्षरतामूलक भिडिओ सार्वजनिक गरेको हो । कर्जा अवसरका साथै ऋणीको जिम्मेवारी पनि भएको, कर्जाको सही सदुपयोग गर्न र कर्जा समयमै भुक्तानी गर्नसमेत महालक्ष्मी विकास बैङ्कले उक्त भिडिओमार्फत सुझाव दिएको छ । 

    ऋणीले जुन कार्यका लागि कर्जा लिएको हो, सोही काममा कर्जा खर्च गर्न र समयमै कर्जा भुक्तानी गरी भविष्यका वित्तीय अवसरहरूका लागिसमेत एक कदम बढाउन भिडियोमा भनिएको छ । 

    साथै, उक्त भिडिओमार्फत बैङ्कले कर्जाको किस्ता समयमै तिरेर जरिवाना र अर्को पटक कर्जा पाउने अवसर कायमै राख्न आग्रह गरेको छ । समयमै किस्ता तिरेमा बैङ्कसँगको सम्बन्ध राम्रो हुने र केन्द्रीय बैङ्कले विभिन्न समयमा प्रदान गर्ने सहुलियतहरूसमेत उपयोग गर्न सकिने भिडियोमा बताइएको छ । 

    वित्तीय यात्रालाई समृद्ध र सुक्षित बनाउन बैङ्कबाट कर्जा लिने समयमा भनिएका कुराहरूमा ध्यान दिनसमेत भिडिओमा उल्लेख छ । 

    भिडिओमा उल्लेख गरिएको सन्देश यस्तो छ : 

    बैङ्कबाट कर्जा लिँदा धेरै सम्भानाहरू खुल्छन् । तर यी सम्भावनाहरूसँगै ठुलो जिम्मेवारी पनि बेहर्नेुपर्ने हुन्छ । बैङ्कबाट प्राप्त गरेको कर्जा रकमको सहि सदुपयोग अत्यावश्यक छ । चाहे, तपाईँको निजी काम होस् शिक्षा वा व्यवसाय । जुन उद्देश्यका लागि लिइएको हो सोही उद्देश्य पूरा गर्नु कर्जा लिएको रकम प्रयोग गर्नुपर्छ । 

    समयमै कर्जा भुक्तानी गर्नु केवल जिम्मेवारी मात्रै होइन भविष्यका वित्तीय अवसरहरूका लागि एक कदम पनि हो । कर्जाको किस्ता समयमै नतिर्दा जरिवाना त लाग्नै नै भयो त्यसमाथि अर्कोपटक कर्जा पाउने अवसर पनि कम हुन्छ । समयमै किस्ता तिर्दा बैङ्कसँगको सम्बन्ध राम्रो बन्नेछ र आवश्यकताको समयमा बैङ्कले हामीलाई सहयोग गर्दछ । 

    साथै, केन्द्रीय बैङ्कले प्रदान गर्ने विभिन्न सहुलियत पनि प्राप्त गर्न सकिन्छ । कालोसूचीमा पर्ने जोखिमबाट टाढा रहनुहोस् । यसले भविष्यमा कर्जा पाउने र अन्य वित्तीय अवसरका ढोका बन्द गर्दछ । भविष्यमा बैङ्कबाट कर्जा लिने बेला भनिएका कुराहरू ध्यानमा राख्नुहोस् ता कि तपाईँको वित्तीय यात्रा समृद्ध र सुरक्षित रहोस् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार