images
images

ग्लोबल आइएमई बैङ्क र अलोइबिच ग्रिन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी

ग्लोबल आइएमई बैङ्क र अलोइबिच ग्रिन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी

मंगलवार, चैत २० २०८०
मंगलवार, चैत २० २०८०
  • ग्लोबल आइएमई बैङ्क र अलोइबिच ग्रिन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी

    काठमाडौँ / ग्लोबल आइएमई बैङ्क लिमिटेडले अलोइ प्राइभेट लिमिटेडसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । ग्रिन फाइनान्सिङ प्रवद्र्धन गर्नका लागि ग्लोबल आइएमई बैङ्क र अलोइबिच समझदारी भएको हो ।

    images
    images

    उक्त समझदारीपछि ग्लोबल आइएमई बैङ्कले अलोइको कर्जा अनुगमन प्रणालीलाई प्रयोग गरी विभिन्न क्षेत्रका कर्जासँग सम्बन्धित सेवाहरूको प्रभावकारीरूपमा कार्यान्वयन गर्न सक्नेछ । 

    सो समझदारीले वातावरणमैत्री क्षेत्रमा कर्जा प्रवाह र प्रवद्र्धन गर्न थप मद्दत पुग्ने विश्वास बैङ्कले लिएको छ । ग्लोबल आइएमई बैङ्क मुलुकका ७७ ओटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो ।

    बैङ्कको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैङ्किङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन । 

    ग्लोबल आइएमई बैङ्कलाई सबैङ्का लागि बैङ्क बनाउँदै बैङ्कले विभिन्न सेवा तथा सुविधा सहितका योजनामार्फत आफ्ना ४६ लाखभन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ । 

    त्यसैगरी, बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार