images
images

महालक्ष्मी विकास बैङ्कले एसआइपीमा पहुँच वृद्धि गर्न एनआईसी एशिया क्यापिटलसँग सहकार्य गर्ने

महालक्ष्मी विकास बैङ्कले एसआइपीमा पहुँच वृद्धि गर्न एनआईसी एशिया क्यापिटलसँग सहकार्य गर्ने

मंगलवार, चैत २० २०८०
मंगलवार, चैत २० २०८०
  • महालक्ष्मी विकास बैङ्कले एसआइपीमा पहुँच वृद्धि गर्न एनआईसी एशिया क्यापिटलसँग सहकार्य गर्ने

    काठमाडौँ / महालक्ष्मी विकास बैङ्क र एनआईसी एशिया क्यापिटल लिमिटेडबिच एसआइपीमा पहुँच वृद्धि गर्न सहकार्य गर्नेसम्बन्धी सम्झौता भएको छ । बैङ्कले र क्यापिटलसँग बैङ्कका ग्राहकहरूको व्यवस्थित लगानी (एसआइपी) योजनामा पहुँच अभिवृद्धि गर्न सहकार्य गर्ने भएको हो ।

    images
    images

    एनआईसी एशिया क्यापिटलद्वारा सञ्चालित खुलामुखी योजना एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको महालक्ष्मी विकास बैङ्कले वितरण एजेन्टको रूपमा कार्य गर्न एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।   

    महालक्ष्मी विकास बैङ्कको शाखा सञ्जालहरूको अधिकतम् उपयोग गरी लगानीका अवसरहरूको थप विस्तार तथा विविधिकरण हुने लक्ष्य यो समझदारीबाट लिइएको छ । 

    देशभर रहेका लगानीकर्ताहरूको एनआइसी एसिया डाईनामिक डेप्ट फण्डमा सहज पहुँच भई वित्तीय समावेशीता तथा वित्तीय सशक्तीकरणको माध्यमबाट समग्र वित्तीय क्षेत्रमा योगदान पुग्ने विश्वास समेत लिइएको छ । हाललाई यो सेवा बैङ्कको दरबारमार्ग शाखामार्फत र क्रमश देशभरका शाखा कार्यालयहरूमार्फत प्रदान गरिनेछ । 

    ‘सबल बैङ्क, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्षदेखि अनवरत रूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैङ्कको देशभर १०३ वटा शाखा कार्यालयहरू र करिब ७ लाख ग्राहकहरू रहेकाछन् । साथै, पुस २८ गते सम्पन्न बैङ्कको २२ औ वार्षिक साधारण सभाबाट विदेशी बैङ्क वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रूपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार