images
images

जिडब्लुएमका गाडीहरूमा ‘शानदार नववर्ष २०८१’ अफर, केके छन् सुविधा ?

जिडब्लुएमका गाडीहरूमा ‘शानदार नववर्ष २०८१’ अफर, केके छन् सुविधा ?

मंगलवार, चैत २० २०८०
मंगलवार, चैत २० २०८०
  • जिडब्लुएमका गाडीहरूमा ‘शानदार नववर्ष २०८१’ अफर, केके छन् सुविधा ?
    images
    images

    काठमाडौँ / विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्ड जिडब्लुएमको नेपालका लागि आधिकारिक वितरक भि.जि.इम्पेक्स प्रालिले ‘शानदार नववर्ष २०८१’ अफर सार्वजनिक गरेको छ ।

    कम्पनीले नेपाली नयाँ वर्ष २०८१ को अवसरमा आकर्षक ‘शानदार नववर्ष २०८१’ योजना ल्याएको हो । यो विशेष योजना नेपाली नयाँ वर्ष स्वागत गर्न जि.डब्लु.एमका लोकप्रिय मोडेलहरू हाभल–एच् सिक्स, जोलायन, इलेक्ट्रिक ओरा ०३ र पावर पिकअप गाडीहरूमा विशेष अनि आकर्षक अफरहरू प्रवर्द्धन गरिएको छ । 

    जि.डब्लु.एमका मोडेलहरूमा ल्याइएका यी अफरमार्फत ग्राहकहरूले उल्लेखनीय लाभहरू पाउनेछन् । ओरा ०३ इभिमा भारी नगद छुट, फ्री एसेसरीज, एक वर्षसम्मको व्यापक बीमा र फास्ट चार्जर सहित ५ लाखसम्मको फाइदा पाउनेछन् ।

    हाभलका एच् सिक्स र जोलायनमा ८.५ लाखसम्मको फाइदासहित नगद छुट, एक वर्षसम्मको व्यापक बिमा, एक्सचेन्ज बोनस र फ्रि एसेसरीज साथै, पावरमा १० लाखसम्मको फाइदासहित इलेक्ट्रिक सनरूफ, लेदर सिट्स, सिक्स एयरब्याग र रिभर्स पार्किङ क्यामेरा समावेश छन् । 

    यी सुविधाहरूमार्फत अटोमोटिभ उत्साहीहरूले उत्कृष्ट ड्राइभिङ अनुभवका साथ यो नयाँ वर्ष अविष्मरणीय बनाउन सक्नेछन् ।

    जि.डब्लु.एम नेपालले अटोमोटिभ उत्साहीहरूलाई उनीहरूको ड्राइभिङ अनुभवमा प्रभाव र लक्जरीका अतुलनीय फाइदाहरू ल्याउने विशिष्ट सम्झौताहरूका साथ यो नयाँ वर्ष विशेष बनाउने मौका प्रदान गरेको छ । ग्राहकहरूले जि.डब्लु.एमको शोरूममा गई टेस्ट ड्रइभ गर्न सक्नेछन् साथै यो अवसर २०८१ को रोमाञ्चक र सुन्दर सुरूवातको लागि विशेष रहेको छ । यी विशेष सम्झौताहरूलाई जि.डब्लु.एको शोरूममा तिनीहरूलाई प्रत्यक्ष रूपमा अनुभव गर्न सक्नेछन् । 

    ओरा ०३ इभी : ५ लाखसम्मको फाइदा

    यो नयाँ वर्ष ईलेक्ट्रिक गाडी उत्साहीहरूले जि.डब्लु.एमको प्रीमीयम ईभी ओरा ०३ मा ५ लाखसम्मको फाइदाको साथ फ्री एसेसरीज, आकर्षक नगद छुट, १ वर्ष सम्मको व्यापक बीमा, एक्सचेन्ज बोनस को सुविधा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले यसको स्टाइल र लक्जरीकासाथ, निशुल्क ७ किलोवाट फास्ट चार्जर र पावर ब्याट्री ड्राइभ मोटर र मोटर कन्ट्रोलरमा ८ वर्ष सम्म १ लाख ५० हवा किमी वारेन्टी लगायतका सुविधा लिई वातावरणमैत्री र सहज यात्राको अनुभव लिन सक्नेछन् ।

    हाभल एच सिक्स, र जोलायन : ८.५ लाखसम्मको फाइदा

    हाभल– एच् सिक्स, र जोलायनमा ग्राकहरूले पावर र लक्जरीको उत्कृष्ट मिश्रणको अनुभव लिई ८.५ लाखसम्मका फाइदाहरू लिन सक्नेछन् । साथै, आकर्षक नगद छुट, १ वर्ष सम्मको व्यापक बीमा, एक्सचेन्ज बोनस र फ्री एसेसरीज जस्ता प्रभावशाली सुविधाहरूको साथ यो प्रस्तावले नयाँ वर्षको एसयूभी यात्रालाई उत्कृष्ट बनाउनेछ ।

    पावर : १० लाखसम्मको फाइदा

    जि.डब्लु.एम कोे पावर पिक–अपको साथ एन्डुरेन्स र क्यापाबिलिटीको अनुभव तथा १० लाख सम्मको फाइदाहरू लिन सकिनेछ । 

    इलेक्ट्रिक सनरूफ, लेदर सिट, उत्कृष्ट सुरक्षा सुविधाहरू र रिभर्स पार्किङ क्यामेरा सुविधा रहेको पावर पिक–अपले हरेक यात्रामा आत्मविश्वास सुनिश्चित गर्दै, साहसिक कार्यलाई अविस्मरणीय बनाउनेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार