images
images

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालन गरी पर्यटन वृद्धि गर्न माग’

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालन गरी पर्यटन वृद्धि गर्न माग’

मंगलवार, चैत २० २०८०
मंगलवार, चैत २० २०८०
  • images
    images
    ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालन गरी पर्यटन वृद्धि गर्न माग’

    काठमाडौँ / प्रतिनिधिसभाको आजको बैठकमा पर्यटकीय राजधानीका रुपमा घोषित पोखरास्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरुपमा सञ्चालन गरी पर्यटन वृद्धि गर्न माग गरिएको छ ।

    images
    images

    बैठकको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद विद्या भट्टराईले विभिन्न मुलुकका विभिन्न सहरमा पोखराबाट सिधा हवाइ सेवा सञ्चालन गराइ पोखरालाई अन्तर्राष्ट्रिय गन्तव्य बनाउन आग्रह गरिन् ।

    सांसद भट्टराईले पोखरामा चार सयको सङ्ख्यामा रहेका होटलहरुको इजाजत नवीकरण गर्न वातावरण संरक्षण ऐन संशोधन हुन आवश्यक रहेको र काठमाडौँबाट पोखरा जाने सडकअन्तर्गत तनहुँ खण्ड लामो समयदेखि विचाराधीन रहनुले असुविधा भएको गुनासो गरिन् ।

    बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद सुशीला सिर्पाली ठकुरीले जलवायु परिवर्तनसँगै आगलागीलगायत प्राकृतिक विपदका कारण किसानका बालीनाली नष्ट भएकाले किसानलाई क्षतिपूर्ति र राहत दिन माग गरिन्।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोबिता गौतमले कारागारहरुमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका विषयमा सरकारको ध्यानाकर्षण गराइन् ।

    नेपाली कांग्रेसका सांसद कान्तिका सेजुवालले मन्त्रीहरुसमेत जोडिएका सहकारीको रकम ठगीका घटनामा संसदीय छानबिन समिति गठन नगरिएको र कृषि क्षेत्रमा लगानी नबढाइएकामा चिन्ता व्यक्त गरिन् ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद विना जैसवाल वीरगञ्जको सिर्सिया खोलामा विभिन्न उद्योग र होटेलबाट वातावरण प्रदूषण गरेकाले वातावरण संरक्षण गर्न माग गरिन् ।एमालेका सांसद रेखा यादवले दलित बालिबालिकालाई आवासीय विद्यालय सञ्चालन गर्न माग गरिन् ।

    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सांसद राजेन्द्रप्रसाद पाण्डेले निजामती कर्मचारीलाई निरुत्साहित हुने गरी प्रशिक्षार्थी (उत्प्रेरक) का रुपमा परिचालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यविधि बनाएको विषयमा प्रश्न गरे ।

    जनमत पार्टीका सांसद अब्दुल खाँनले इद उल फित्रका दिन त्रिभुवन विश्वविद्यालयले परीक्षा राखेकामा असन्तुष्टि व्यक्त गरे । तराई मधेस लोकतान्त्रिक पार्टीका सांसद रामप्रकाश चौधरीले राजनीतिप्रति वितृष्णा फैलिएकाले जनतामा आशा जगाउने काम हुनुपर्ने माग गरे ।

    नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले छिमेकी मुलुकसँगकोसीमा विवादका विषयमा सरकारको ध्यानाकर्षण गराए । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले रौतहटको मौलापुरमा बाढीले भत्किएका बाँधहरु पुनः निर्माण हुनुपर्ने माग गरे ।

    सांसद डा अमरेशकुमार सिंहले भ्रष्टाचारका मुद्धामा ठूला नेतालाई बचाउने प्रवृत्तिले कर्मचारीहरुले काम वा निर्णय गर्ने क्षमता कमजोर भएको बताए । नेपाली कांग्रेसका सांसद रामनाथ अधिकारी धादिङको रुवी भ्यालीको सडक ३० वर्षदेखि बन्न नसकेकामा चिन्ता व्यक्त गरे ।

    एमालेका सांसद अमृतादेवी अग्रहरिले मुलुकबाट युवा श्रम शक्ति र प्रतिभा पलायन भइरहेको अवस्था यसलाई रोक्न ठोस पहल गर्न आग्रह गरिन् । कांग्रेसका सांसद लीलादेवी बोखिम लिम्बुले ताप्लेजुङको महानन्दे दोभान सडक कालोपत्र हुन बजेट अभाव भएकामा ध्यानाकर्षण गराइन् ।

    एमालेका सांसद शान्ति श्रेष्ठले सीमान्तकृत, संरक्षणबिहीन र यौनिक अल्सङ्ख्यक बालबालिकाको शिक्षा र अधिकारको पहुँचवृद्धिका लागि लगानी गर्न आग्रह गरिन् ।

    एमालेका सांसद किरणकुमार साहले गत आठ महिनामा चार लाख युवा पलायन भएको तथ्याङ्क बाहिरिएकाले माटो सुहाउँदो शिक्षाको व्यवस्था गरी युवालाई स्वदेशमै रोजगारी दिन माग गरे । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार