images
images

नेपाल टेलिकमको आईपीटीभी सेवामा आलाकार्टा प्रणाली लागु

नेपाल टेलिकमको आईपीटीभी सेवामा आलाकार्टा प्रणाली लागु

मंगलवार, चैत २० २०८०
मंगलवार, चैत २० २०८०
  • images
    images
    नेपाल टेलिकमको आईपीटीभी सेवामा आलाकार्टा प्रणाली लागु

    काठमाडौँ / नेपाल टेलिकमले भीएएस सेवाको रुपमा सञ्चालन गरेको आईपीटीभी सेवामा आलाकार्टा प्रणाली लागु गरेको छ । सरकारले आलाकार्टा शुल्क प्रणाली लागु गर्न दिएको निर्देशन अनुसार टेलिकमले आफ्नो टेलिभिजन सेवा ग्राहकका लागि एनटीटीभी आलाकार्टा शुल्क प्रणाली लागु गरेको जनाएको छ ।

    images
    images

    आफूले हेर्न चाहेको टेलिभिजन च्यानलको मात्र शुल्क तिर्न पाउने गरी टेलिकमले आलाकार्टा शुल्क प्रणाली लागु गरेको जनाएको हो । सो प्रणाली अनुसार ग्राहकले बेसिक प्याकेज वा प्रिमियम प्याकेज वा बेसिक प्याकेजमा आवश्यकता अनुसार बुके प्याकेज थप गरी प्याकेजहरू खरिद गर्न सकिने व्यवस्था मिलाएको कम्पनीले जनाएको छ ।

    बेसिक प्याकेज लिएका ग्राहकहरूले हालका लागि आफ्नो आवश्यकता अनुरुप बुके प्याकेजहहरू खरिद गर्न सक्नेछन् ।

    1.JPG

    सुरुको ३ महिनाभित्र सम्पूर्ण प्रिमियम प्याकेज सहितको वार्षिक प्याकेज सब्स्क्रिप्सन गर्ने ग्राहकका लागि अफरको रुपमा ३६० रूपैयाँ प्रति महिनाको दरमा प्रिमिय प्याकेज उपलब्ध हुने कम्पनीले जनाएको छ ।

    Screenshot 2024-04-03 132338.jpg

    ग्राहकले बेसिक एवम् प्रिमियम प्याकेज खरिद गर्न नेपाल टेलिकमको काउन्टरमा भिजिट गर्नुपर्नेछ । बेसिक प्याकेज लिएका ग्राहकले थप बुके प्याकेज खरिद गर्न टीभीको मेनुमा गएर आफैं खरिद गर्न सक्नेछन् ।

    यस आलाकार्टा शुल्क प्रणालीमा आफ्नो रुची बमोजिमका प्याकेज खरिद गरी सोको मात्र भुक्तानी गर्न सकिन्छ । जसले ग्राहकलाई फाइदा पुग्ने विश्वास कम्पनीको छ  ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार