images
images

सबैभन्दा बढी आयकर बुझाउने नेपाल टेलिकमलाई विभागको सम्मान

सबैभन्दा बढी आयकर बुझाउने नेपाल टेलिकमलाई विभागको सम्मान

आइतवार, मंसिर २ २०८१
आइतवार, मंसिर २ २०८१
  • सबैभन्दा बढी आयकर बुझाउने नेपाल टेलिकमलाई विभागको सम्मान
    images
    images

    काठमाडौँ / नेपाल टेलिकम सबैभन्दा बढी आयकर दाखिला गरेकोले सम्मानित भएको छ । आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पु¥याएकोले आन्तरिक राजश्व विभागबाट टेलिकमलाई सम्मान गरेको हो । 

    शनिबार राष्ट्रिय कर दिवस २०८१ को अवसरमा आयोजित एक कार्यक्रमका बिच  टेलिकमलाई उप प्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्मानित गरेका थिए । 

    नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले सो सम्मान ग्रहण गरिन् । राजस्व विभागले हरेक वर्ष मङ्सिर १ गते राष्ट्रिय कर दिवस मनाउँदै आएको छ । 

    सोही दिन विभागले उत्कृष्ट करदातालाई सम्मानित पनि गर्दै आएको छ । सोही क्रममा विभागले नेपाल टेलिकमसहित सबैभन्दा धेरै कर तिर्ने अन्य व्यक्ति र संस्थालाई सम्मान गरेको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार