चर्चित समाचार
  • नर्सरी व्यवसायी सङ्घद्वारा आयोजित पहिलो नेसनल हर्टिकल्चर एक्स्पो, लक्ष्यभन्दा बढी कारोबार

    नर्सरी व्यवसायी सङ्घद्वारा आयोजित पहिलो नेसनल हर्टिकल्चर एक्स्पो, लक्ष्यभन्दा बढी कारोबार

    मंगलवार, चैत २० २०८०
    मंगलवार, चैत २० २०८०
  • नर्सरी व्यवसायी सङ्घद्वारा आयोजित पहिलो नेसनल हर्टिकल्चर एक्स्पो, लक्ष्यभन्दा बढी कारोबार

    काठमाडौँ / नर्सरी व्यवसायी सङ्घ नेपालद्वारा आयोजित पहिलो नेसनल हर्टिकल्चर एक्स्पो सोमबार २०८० सम्पन्न भएको छ । काठमाडौँस्थित भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा चैत १६ गतेदेखि सुरु भएको एक्स्पो चार दिनसम्म चलेको थियो । 

    रामजी कुँवरका अनुसार उक्त एक्स्पो ५२ हजारबढीले अवलोकन गरेका थिए भने १ करोड १० हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । 

    एक्स्पो कम्तीमा ५० हजार जनाले अवलोकन गर्नुका साथै १ करोडभन्दा बढीको आर्थिक कारोबार हुने सङ्घले अपेक्षा गरेको थियो । मेलामा पुष्प नर्सरी, फलफूल नर्सरी, जडीबुटी नर्सरी र कृषि तथा वन नर्सरी गरी चार विधाका नर्सरीहरू प्रदर्शनीमा राखिएका थिए । 

    जडिबुटीको बिरुवा, फूल फुल्ने र नफूल्ने सदावहार, इन्डोर प्लान्ट सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको उनले बताए।जडिबुटीदेखि फूलको बिरुवा कृषि थता वनका सबै भेराइटीका प्लान्टहरू एकै ठाउँमा पाइने भएकोले मेलाबारे चासो लिएर अवलोकनकर्ताहरू आएको उनको भनाइ छ । 

    सो मेला विद्यार्थी, कृषि विज्ञ, सर्वसाधारण र पुष्प, फलफूल, जडीबुटी तथा वन नर्सरीसँग चासो राख्ने व्यक्तिले प्रत्यक्ष अवलोकन गरेका थिए । एक्स्पोमा व्यवसायिक स्टल ७४ वटा, फुड स्टल ४ वटा, अफिसियल स्टल ७ वटा, प्रतिस्पर्धाको स्टल ५ वटासहित जम्मा ९० वटा स्टल थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार