images
images

न्यूरो साइन्समा नेपाल मेडिसिटीको उपलब्धी, न्यूरो ट्रमादेखि न्यूरो रिहाविलिटेसनसम्मको सेवा

न्यूरो साइन्समा नेपाल मेडिसिटीको उपलब्धी, न्यूरो ट्रमादेखि न्यूरो रिहाविलिटेसनसम्मको सेवा

शुक्रवार, चैत २३ २०८०
शुक्रवार, चैत २३ २०८०
  • न्यूरो साइन्समा नेपाल मेडिसिटीको उपलब्धी, न्यूरो ट्रमादेखि न्यूरो रिहाविलिटेसनसम्मको सेवा

    काठमाडौँ / नेपाल मेडिसिटी अस्पतालले न्यूरो साइन्समा बेन स्ट्रोक, ट्युमर देखि मेरुदण्डको सर्जरी ७ बर्षदेखि गर्दै आएको छ । अस्पतालले अत्याधुनिक प्रविधिवाट सबै किसिमको न्यूरो सर्जरी सम्बन्धित रोगको उपचार गर्दै आएको हो ।  

    images
    images
    images
    images

    हालसम्म अस्पतालले २००० भन्दा बढि वेन सर्जरी गरिसकेको छ जसमध्ये ब्रेन ट्युमर, आकस्मिक बेन सर्जरी, कुनै पनि किसिमको स्ट्रोक, मेरुदण्डको ट्युमर, मेरुदण्डको नसा च्यापेको तथा मेरुदण्ड मिलाउनुपर्ने शल्यक्रिया रहेको छ ।

    अस्पतालले सबै किसिमका न्यूरो सम्वन्धित समस्याहरुको उपचार उपलव्ध गराउँदै आएको छ। उपचारका लागि न्यूरो सर्जन, न्यूरो इन्टरभेन्मनिस्ट, न्यूरोलोजिस्ट, इमर्जेन्सी, न्यूरो रेडियोलोजिस्ट, न्यूरो क्रिटिकल केयर, न्यूरो एनेस्थेटिस्ट तथा न्यूो रिहाविलिटेसनको समूह २४ सै घण्टा तैनाथ रहन्छ ।

    बिरामीले कुन विधिबाट शल्यक्रिया गर्ने भनेर आफैँले छान्न पाउने अस्पतालको न्यूरोसर्जरीको विशेषता हो । यहाँ ओपन सर्जरी (चिरफार गरेर गरिने शल्यक्रिया) र नन् इन्भेसिभ सर्जरी (सानो प्वाल बनाई गरिने शल्यक्रिया)को सुविधा रहेको छ ।

    नन् इन्भेसिभ सर्जरी गर्न नेपालकै पहिलो महिला न्यूरो इन्टभेन्सनल न्यूरोसर्जन डा. प्रसन्ना कार्की यस अस्पतालमा कार्यरत छिन् । पछिल्लो विकासक्रम अनुसार अस्पतालले शल्यक्रिया गर्दा धेरै नचिरी वा ब्रेन नखोली दुरविनको सहायतावाट गरिने शल्यक्रिया, नन् इन्भेसिभ सर्जरीको सुविधा पनि प्रदान गर्दै आएको छ।

    यसरी सर्जरी गर्दा बिरामीलाई छिटो निको हुने र अस्पतालको बसाई पनि कम हुने गर्दछ । गत वर्षबाट शुरु गरिएको नन् इन्भेसिभ सर्जरीबाट न्यूरो भास्कुलर समस्या भएका १५० भन्दा बढि बिरामीहरूको शल्यक्रिया गरिएको छ। 

    यस विधि वा न्यूरो इन्टर्भेन्सन प्रोसिड्युरमा थ्रोमवेक्टोमी, एन्यूरिजम कोइलिङ, ट्युमर इम्बोलाइजेसन, फ्लो डाइभरटर र स्टेन्टिङ पर्दछन् । इर्स्टभेन्सन प्रोसिड्युरबाट गरेको शल्यक्रिया सफल हुनु आफैँमा सन्तोषजनक नतिजा रहेको न्यूरोसर्जरी विभाग प्रमुख प्रा डा. गोपाल रमण शर्माले बताए ।

    २८ वर्ष भन्दा बढि न्यूरो सर्जरीको अनुभव भएका प्रा.डा. शर्माले हालसम्म २० हजार भन्दा बढि शल्यक्रिया गरिसकेका छन् । “नेपाल मडिसिटी अस्पतालमा जटिल खालका न्यूरो सर्जरीहरु सम्भव छ । प्रायजसो देशभरबाट सम्भव नभएका तथा अन्य अस्पतालबाट रिफर भएर विरामीहरु यहाँ आउने गरेका छन्,” उनले भने । 

    उनका अनुसार अस्पतालमा उपलब्ध अत्याधुनिक प्रविधि, शल्यक्रिया कक्ष तथा विशेषज्ञ चिकित्सकहरूका कारण जटिल केसहरुको पनि सफल शल्यक्रिया सम्भव भएको हो।

    न्यूरो साइन्स विभागभित्र सबै किसिमका सेवा उपलब्ध छ जसमा न्यूरोलोजी, न्यूरोसर्जरी, न्यूरो रेडियोलोजी, इएनटी, न्यूरो ओप्याल्मोलोजी, न्यूरो अंकोलोजी, न्यूरो ट्रमा, न्यूरो प्याथोलोजी, न्यूरो क्रटिकल आइसियु, न्यूरो एनेस्थेसिया र न्यूरो रिहाविलिटेसनको सेवा रहेकै कारण सफल शल्यक्रिया सम्भव भएको उनको भनाइ छ । 

    अस्पतालको मृत्युदर हेर्ने हो भने ब्रेन ट्युमर सर्जरीमा एक प्रतिशत भन्दा कम एन्युरिजम त्यूरोभास्कुलर सर्जरीमा १० प्रतिशत र गम्भीर हेड इन्ज्युरीमा २० प्रतिशत भन्दा कम मृत्युदर रहेको छ।  यो तथ्याङ्क अन्तराष्ट्रिय स्तरवाट हेदा निकै राम्रो रहेको प्रा.डा. शर्मा बताउँछन् ।

    त्यस्तै, अस्पतालको न्यूरो सर्जरी अपरेशन थिएटरमा न्यूरो मोनिटर, मोडुलर शल्यक्रिया कक्ष, न्यूरो नेभिगेसन, त्यूरो फिजियोलोजिकल मोनिटरिङ र ट्रान्सक्रानिकले डोपलर जस्ता अत्याधुनिक मेसिनहरू जडान गरिएको छ। 

    न्यूरो आइसियुमा १२ वटा वेड छ जहाँ हरेक वेडमा भेन्टिलेटरको सुविधा छ भने एक वेडमा एक नस र २४ सै घण्टा न्यूरो एनेस्थेटिस रहन्छन् । न्यूरोलोजी विभागका प्रमुख डा. बाबुराम पोखरेलका अनुसार विश्वभर बेन स्ट्रोकको सख्या बढ्दै जान थालेको छ । 

    विभिन्न अध्ययनका अनुसार एक करोड पचास लाख मानिसहरूलाई स्ट्रोक हुन्छ भने ५० लाख मानिसहरू स्ट्रोकको उपचार गर्दागर्दै मृत्यु बेहोरिरहेका छन् । त्यस्तै, स्ट्रोककै कारण ५० लाखमा अपाङ्गता हुन्छ भने ५० लाख मानिसले मात्रै उपचारपछि गुणस्तरीय जीवन बाँच्न पाउँछन् ।

    हृदयघातपछि रोगका कारण मृत्यु हुनेमा दोस्रो स्थानमा स्ट्रोक रहेको छ। यसै कारणलाई मध्यनजर गर्दै नेपाल मेडिसिटीले ‘कम्प्रिहेन्सिभ स्ट्रोक सेन्टर’ सञ्चालनमा ल्याउन लागेको हो। यस सेन्टरमार्फत विरामीलाई ब्रेन स्ट्रोक भएको ४ देखि ५ घण्टामै अस्पताल आइपुगे तत्काल सेवा प्रदान गरिन्छ ।

    डा. प्रसन्ना कार्कीका अनुसार वेन स्ट्रोक हुने वित्तिकै अस्पतालमा आइपुगे उपचार सम्भव छ ।

    “विरामी ४ देखि ५ घण्टामा अस्पताल आइपुगे रगत पातलो बनाउने औषधी राख्न मिल्छ भने, १८ घण्टा सम्ममा शल्यक्रिया गर्न सकिन्छ । तर १८ घण्टा भन्दा ढिला भए शल्यक्रिया सम्भव हुँदैन भने विरामीहरूमा प्यारालाईसिस हुन्छ,” उनले भनिन्। 

    स्ट्रोक हुँदा हरेक एक मिनेटमा १९ लाख नसाहरू मर्दै जान्छन् । उपचारमा जति ढिला हुन्छ, त्यति नै छिटो नसाहरू मरेर प्यारालाइसिस भई अपाङ्गता हुने सम्भावत्ता रहन्छ । “बेन स्ट्रोक समय अनुरुप संवेदनशील छ र समयमै अस्पताल आईपुगे आजीवन प्यारालाइसिस हुनबाट बचिन्छ,” उनले थपिन् ।

    त्यस्तै, अस्पतालमा न्यूरो सर्जरी वा स्ट्रोक पश्चात विरामीलाई फिजिकल रिहाविलिटेसन पनि गरिन्छ । फिजिकल रिहाविलिटेशन विभागका प्रमुख डा. मन्जु ज्ञवालीका अनुसार एक वर्षमा ८ देखि ९ हजार न्यूरोका बिरामीलाई थेरापी सेवा पुऱ्याउँदै आएको छ ।

    “जसरी एक्युट उपचारको लागि समयमै अस्पताल पुग्न जरुरी छ,” उनले भनिन्, “त्यसरी नै स्ट्रोक पुर्नस्थापनाको लागि फिजिकल रिहाविलिटेसनको जरुरत छ ।”

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार