images
images

सिएचटिसी मोटर्सका उत्कृष्ट चिनियाँ भ्यानहरू अब मेगा बिजनेस ग्रुपले नेपालमा भित्र्याँउदै

सिएचटिसी मोटर्सका उत्कृष्ट चिनियाँ भ्यानहरू अब मेगा बिजनेस ग्रुपले नेपालमा भित्र्याँउदै

आइतवार, चैत २५ २०८०
आइतवार, चैत २५ २०८०
  • सिएचटिसी मोटर्सका उत्कृष्ट चिनियाँ भ्यानहरू अब मेगा बिजनेस ग्रुपले नेपालमा भित्र्याँउदै

    काठमाडौँ / चाइना हाई टेक अफ रोड भेहिकल कम्पनी (सीएचटिसी मोटर्स)को नेपालको लागि आधिकारिक बिक्रेताको रूपमा मेगा बिजनेस ग्रुप नियुक्त भएको छ । सो सम्बन्धी सम्झौता पत्रमा चाइना हाइ टेक अफ रोड भेहिकल र मेगा बिजनेस ग्रुपबिच हस्ताक्षर भएको हो ।

    images
    images

    यस अनुसार अब  मेगा बिजनेस ग्रुपले  सिएचटिसी मोटर्सद्वारा निर्मित ११, १४ र अन्य सिट क्षमताका विद्युतीय भ्यानहरूको नेपाली बजारमा बिक्री वितरण गर्नेछ । 

    “व्यापारिक प्रयोजनका लागि प्रयोग गर्न सकिने यी भ्यानहरू वातारणमैत्री एवं प्राविधिक दृष्टिकोणले उत्कृष्ट रहेको कम्पनीले जानकारी गराएको छ । साथै अप्रिलको अन्त्यतिर यी उत्पादनहरू नेपाली बजारमा उपलब्ध हुनेछन् ।  

    ६ वर्ष वा ३ लाख किलोमिटरको वारेन्टी, ४१.८६ किलोवाट क्षमताको ब्याट्री , २८५ किलोमिटर रेञ्ज (एक पटकको फुल चार्जमा), लिथिएम आएन ब्याट्री प्याक, २०५ एम. एम. ग्राउण्ड क्लिएरेन्स, सुविधाजनक कम्पनी जडित लेदर सिट र लेग स्पेस आदि यी गाडीका विशेषताहरू रहेका छन् । 

    यिनीहरूमा ३६० डिग्रीको दृश्य देखिने क्यामरा पनि जडित छ जुन नेपालमा हाल उपलब्ध अन्य कुनै पनि भ्यानहरूमा पाइदैन । त्यस्तै विशेषतः ११ सिट क्षमताको भ्यानमा बुट स्पेस समेत उपलब्ध छ । 
    चीनको सरकारद्वारा सञ्चालित सीएचटिसी मोटरस विश्वको ५०० सर्वोत्कृष्ट   कम्पनीहरू मध्येको सिनोमाच ग्रुपको एक इकाई हो । समुच्च प्रविधिमा आधारित  सीएचटिसी मोटरस चीनको अटोमोबाइल बजारमा अग्रणी नाम हो ।    

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार