images
images

मध्य तमोरको बिजुली कोशी करिडोरमा जोडियो, १५ दिन परीक्षण उत्पादन सुरु

मध्य तमोरको बिजुली कोशी करिडोरमा जोडियो, १५ दिन परीक्षण उत्पादन सुरु

शनिवार, बैशाख १ २०८१
शनिवार, बैशाख १ २०८१
  • मध्य तमोरको बिजुली कोशी करिडोरमा जोडियो, १५ दिन परीक्षण उत्पादन सुरु

    ताप्लेजुङ / त्रिहत्तर मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजनाबाट उत्पादन भएको बिजुली कोशी करिडोर प्रसारण लाइनमा  जोडिएको छ ।

    images
    images

    नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको उपस्थितिमा शुक्रबार आयोजनाबाट उत्पादित विद्युत् कोशी करिडोर प्रसारण लाइनमा सफलतापूर्वक प्रवाह गरिएको हो ।

    सानिमा मिडिल तमोर हाईड्रोपावर लिमिटेडद्वारा निर्मित आयोजनाले अबका १५ दिन परीक्षण उत्पादन र त्यसपछि व्यावसायिक उत्पादन गर्ने जनाएको छ । 

    आयोजनाका प्रबन्धक मणिराज पोखरेलका अनुसार आयोजनाका चारवटा टर्बाइनमध्ये एउटाबाट उत्पादित विद्युत् तेह्रथुमको वसन्तपुरस्थित कोशी करिडोरको प्रसारण लाइनमा जोडिएको हो । 

    अब केही दिनमै पूर्णरूपले मध्य तमोर जलविद्युत् आयोजनाद्वारा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा समाहित हुने प्रबन्धक पोखरेलले बताए ।

    प्रबन्ध निर्देशक घिसिङले यो सँगै देशमा विद्युत् जडित क्षमता तीन हजार तीन सय मेगावाट पुगेको बताउँदै यसले विद्युत् आपूर्तिमा ठूलो राहत पुग्ने बताए । 

    देशको अर्थतन्त्रको मेरुदण्ड भनेकै जलविद्युत् हो भन्दै उनले विद्युत् आयोजनामा सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । आयोजनाबाट सुक्खा याममा  २५ देखि ३० मेगावाटसम्म विद्युत् उत्पादन हुने बताइएको छ । 

    फुङलिङ नगरपालिकास्थित फुरुम्बूको मित्लुङ नजिक ५० मिटर लामो र ११ अग्लो बाँध निर्माण गरी तीन हजार चार सय मिटर लामो सुरुङबाट खोक्लिङको थुम्बाबेँसीमा निर्मित विद्युत्गृहमा जल प्रवाह गरेर बिजुली निकालिएको हो । 

    हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसहित नेपाल विद्युत् प्राधिकरणको टोली परीक्षण प्रसारण अवलोकनका लागि यहाँ आएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार