चर्चित समाचार
  • वैशाख महिनामा ४ कम्पनीको सेयरमा ‘लकइन’ अवधि सकिने, कम्पनी कुन–कुन ?

    वैशाख महिनामा ४ कम्पनीको सेयरमा ‘लकइन’ अवधि सकिने, कम्पनी कुन–कुन ?

    आइतवार, बैशाख २ २०८१
    आइतवार, बैशाख २ २०८१
  • वैशाख महिनामा ४ कम्पनीको सेयरमा ‘लकइन’ अवधि सकिने, कम्पनी कुन–कुन ?

    काठमाडौँ / वैशाख महिनामा विभिन्न समूहमा होल्ड भएका ४ हाइड्रोपावर कम्पनीका सेयरमा लकइन अवधि सकिँदैछ । म्युचुअल फण्ड, प्रभावित स्थानीय, कर्मचारी तथा संस्थापक समूहले होल्ड गरेको सेयरमा लकइन अवधि सकिन लागेको हो ।

    नेपाल धितोपत्र बोर्डले कम्पनीहरुलाई लकइन अवधि सकिनुभन्दा १ महिना पहिले नै सार्वजनिक सूचनामार्फत जानकारी गराउनुपर्ने व्यवस्था गरेको छ । सोही व्यवस्थाबमोजिम कम्पनीहरुले विभिन्न समूहको लकइन अवधि सकिने समयबारे जानकारी गराएका छन् ।

    आजदेखि माथिल्लो मैलुङखोला जलविद्युत् कम्पनीले म्युचुअल फण्डलाई छुट्याएको ७५ हजार कित्ता सेयरमा लकइन अवधि समाप्त हुनेछ । लकइन अवधि समाप्त भएको भोलिपल्टबाट ती सेयर कारोबार गर्न बाटो खुल्नेछ ।

    यस्तै, बैशाख ३ गतेदेखि रुरु जलविद्युत् कम्पनीको कुल ४४ लाख ४४ हजार ९७८ कित्ता सेयरमा लकइन अवधि सकिने भएको छ । जसमा संस्थापकको ३९ लाख ४५ हजार ८८८ कित्ता, प्रभावित स्थानीयबासीको ४ लाख ८९ हजार २४५ कित्ता र कर्मचारीलाई सुरक्षित गरिएको ९ हजार ८४५ कित्ता सेयरमा वैशाख ३ गते लकइन अवधि सकिनेछ । यी सेयर वैशाख ४ देखि साधारणसरह कारोबार गर्न खुला हुनेछ ।

    त्यस्तै चिरख्वा हाइड्रोपावरले म्युचुअल फण्डलाई छुट्याइएको ४० हजार कित्ता सेयरमा वैशाख १५ देखि ‘लकइन’ समाप्त हुने बिक्री प्रवन्धक आरबीबी मर्चेन्ट बैंकिङले जनाएको छ ।

    सीईडीबी हाइड्रोपावर कम्पनीको संस्थापक तथा कर्मचारीलाई छुट्याइएको सेयरमा वैशाख ३० गते लकइन अवधि सकिने भएको छ । संस्थापकको ५८ लाख ७५ हजार ८७० कित्ता र कर्मचारीको ५० हजार ३६५ कित्ता सेयरमा लकइन अवधि सकिन लागेको हो ।

    वैशाखमा लकइन अवधि सकिने कम्पनीहरू :

    कम्पनी लकइन सकिने मिति लकइन सकिने सेयर संख्या
    माथिल्लो मैलुङखोला वैशाख २ ७५ हजार
    रुरु जलविद्युत् वैशाख ३ ४४ लाख ४४ हजार ९७८
    चिरख्वा हाइड्रोपावर वैशाख १५ ४० हजार
    सीईडीबी हाइड्रोपावर वैशाख ३० ५९ लाख २६ हजार २३५

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार