images
images

अमेरिकी डलरदेखि युरोपियन युरोसम्मको भाउ बढ्दा घट्यो जापानिज येन र कोरियन वन, कुन देशको मुद्रालाई कति ?

अमेरिकी डलरदेखि युरोपियन युरोसम्मको भाउ बढ्दा घट्यो जापानिज येन र कोरियन वन, कुन देशको मुद्रालाई कति ?

मंगलवार, बैशाख ४ २०८१
मंगलवार, बैशाख ४ २०८१
  • अमेरिकी डलरदेखि युरोपियन युरोसम्मको भाउ बढ्दा घट्यो जापानिज येन र कोरियन वन, कुन देशको मुद्रालाई कति ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेको विदेशी मुद्रा बिक्री विनिमय दर अनुसार आज अमेरिकी डलर महँगिएको छ । सोमबार एकको खरिदमा १३३ रुपैयाँ १७ पैसा र बिक्रीमा १३३ रुपैयाँ ७७ पैसा तोकिएको अमेरिकी डलरको भाउ बढेर आज खरिदमा १३३ रुपैयाँ २३ पैसा र बिक्रीमा १३३ रुपैयाँ ८३ पैसा पुगेको छ । 

    images
    images

    त्यस्तै, आज युरोपियन युरोको भाउसमेत बढेर एकको खरिदमा १४२ रुपैयाँ ०२ पैसा र बिक्रीमा १४२ रुपैयाँ ६६ पैसा कायम भएको छ । यसअघि भने खरिदमा १४१ रुपैयाँ ७३ पैसा र बिक्रीमा १४२ रुपैयाँ ३७ पैसा रहेको थियो । 

    यता, अष्ट्रेलियन डलरको बढेर एकको खरिद मूल्य ८६ रुपैयाँ ४१ पैसा र बिक्री मूल्य ८६ रुपैयाँ ८० पैसा पुगेको छ भने क्यानेडियन डलर एकको खरिद मूल्य ९६ रुपैयाँ ९६ पैसा र बिक्री मूल्य ९७ रुपैयाँ ३९ पैसा पुगेको छ । 

    यता, जापानिज येन भने घटेर १० को खरिद दर ८ रुपैयाँ ६६ पैसा र बिक्री दर ८ रुपैयाँ ७० पैसामा झरेको छ भने साउथ कोरियन वन  १०० को खरिद दर ९ रुपैयाँ ६३ पैसा र बिक्री दर ९ रुपैयाँ ६८ पैसा कायम भएको छ । 

    त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ५२ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६८ पैसा, कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ५३ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ६९ पैसा तोकिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार