images
images

साहित्यकार प्रकट पंगेनी ‘शिव’को उपचारको क्रममा निधन

साहित्यकार प्रकट पंगेनी ‘शिव’को उपचारको क्रममा निधन

मंगलवार, बैशाख ४ २०८१
मंगलवार, बैशाख ४ २०८१
  • साहित्यकार प्रकट पंगेनी ‘शिव’को उपचारको क्रममा निधन

    पोखरा / साहित्यकार तथा गीतकार प्रकट पगेनी ‘शिव’को निधन भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार अस्पताल भर्ना गरिएको र मणिपालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनी जण्डिस र निमोनियाको बिरामी थिए।

    images
    images

    उनको उपचारका लागि समस्या भएपछि पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा आर्थिक सङ्कलन थालिएको थियो । परिवारले रु २५ हजार राखेर सुरु गरेको सो अभियानमा पोखरा महानगरपालिकाले रु एक लाख सहयोग गर्ने घोषणा गरेको थियो ।

    शृङ्गारिक गजलकारका रूपमा लोकप्रिय शिवका प्रकटका कविता, गजलका किताब प्रकाशित छन् भने ‘तगारो छेउ आएर पनि आँगनी टेकिनौ’जस्ता गीत चर्चित छन् । 

    ७० वर्षका शिव कास्कीको रुपा गाउँपालिका–५ स्थायी निवासी हुन् । स्व पङ्गेनीको बुधबार अन्त्येष्टि गरिने परिवारले जनाएको छ । स्व पङ्गेनीका ‘यो मन कतै अल्झेको छ’ र ‘जूनको चिठी जुना’ लाई गरी दुई गीत सङ्ग्रह प्रकाशित छन् । 
     
    यसबाहेक प्रणयवेदका ऋचाहरू (गजल सङ्ग्रह) र अक्षरभरि अक्षता (कविता सङ्ग्रह) उनका प्रकाशित कृतिहरू हुन् । उनका श्रीमति, एक छोरा र एक छोरी छन् । पछिल्लो समय प्रकटले जन्मगाउँ रूपा गाउँपालिकामै बसेर फार्म र कटेज सञ्चालनको तयारी गरिरहेका थिए ।

     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार