images
images

वैशाख ३१ गतेदेखि दिक्तेलमा ‘खेलकुद, साहित्यिक, साङ्गीतिक तथा पर्यटन महोत्सव’

वैशाख ३१ गतेदेखि दिक्तेलमा ‘खेलकुद, साहित्यिक, साङ्गीतिक तथा पर्यटन महोत्सव’

बुधवार, बैशाख ५ २०८१
बुधवार, बैशाख ५ २०८१
  • वैशाख ३१ गतेदेखि दिक्तेलमा ‘खेलकुद, साहित्यिक, साङ्गीतिक तथा पर्यटन महोत्सव’

    खोटाङ / यही वैशाख–३१ गतेदेखि दिक्तेल बजारमा ‘बृहत् खोटाङ हलेसी खेलकुद, साहित्यिक, साङ्गीतिक तथा पर्यटन महोत्सव–२०८१’ आयोजना गरिने भएको छ । 

    images
    images

    खेल संस्कृतिको विकास गर्दै विभिन्न विद्याका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पु¥याउने लक्ष्यका साथ नेपाल खेलकुद प्रतिष्ठान खोटाङले आगामी वैशाख ३१ गतेदेखि जेठ १० गतेसम्म सञ्चालन हुने ‘बृहत् खोटाङ हलेसी खेलकुद, साहित्यिक, साङ्गीतिक तथा पर्यटन महोत्सव–२०८१’ आयोजना गरेको हो । 

    महोत्सवमा राष्ट्रिय कराँते प्रतियोगिता, खुला हाफ म्याराथन प्रतियोगिता, विभिन्न उमेर समूहको दौड प्रतियोगिता र साहित्यिक तथा साङ्गीतिक प्रतियोगिता समेटिएको आयोजक नेपाल खेलकुद प्रतिष्ठानका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिएका छन् । 

    “खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन, पर्यटकीय जिल्लाको रूपमा अघि बढाउन, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउन र आगामी १५ वर्षभित्र ओलम्पिक पदक जित्ने खेलाडी जिल्लामै उत्पादन गर्ने उद्देश्यका साथ जिल्लामै पहिलो पटक खेलकुद, साहित्यिक, साङ्गीतिक तथा पर्यटनलाई समेटेर बृहत् महोत्सवको आयोजना गरिएको छ”, उनले भने, “एघार दिनसम्म सञ्चालन हुने महोत्सव करिब रु ५० लाख खर्चमा सम्पन्न गर्ने योजना बनाइएको छ । चन्दा सङ्कलन तथा दाताको सहयोगमा ‘बृहत् खोटाङ हलेसी खेलकुद, साहित्यिक, साङ्गीतिक तथा पर्यटन महोत्सव–२०८१’ आयोजना गरिएको हो ।” 

    नेपाल कराँते महासङ्घ खोटाङको संयोजन र नेपाल सितोरियो कराँते सङ्घ खोटाङको व्यवस्थापनमा हुन लागेको महोत्सवको कार्यतालिका आयोजकले बुधबार दिक्तेलस्थित होटल इन्द्रणीमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । 

    वैशाख ३१ गतेदेखि जेठ १ गतेसम्म एथलेटिक्स, जेठ ३ गते राष्ट्रिय कविता लेखन प्रतियोगिता, जेठ ६ गते खुला गायन प्रतियोगिता र जेठ ८ गतेदेखि १० गतेसम्म खुला राष्ट्रिय कराँते प्रतियोगिता सञ्चालन गर्ने आयोजकले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ । 

    एथलेटिक्सतर्फ आठ इभेन्टस् ९विद्या०मा प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ । बाह्र वर्षमुनिका छात्रछात्रा र ६० वर्षमाथिका पुरुषका लागि एक÷एक माइल (१६०० मिटर) दौड, आमाहरुको लागि तीन किलोमिटर दौड, १५ वर्षमुनिका छात्रछाका लागि पाँच किलोमिटर दौड, ३५ वर्षमाथिका नेता, जनप्रतिनिधि, पत्रकार, कर्मचारी र शिक्षकका लागि पाँच किलोमिटर दौड, १५ वर्षमाथिका खुला महिला÷पुरुषका लागि दश किलोमिटर दौड र खुला महिला÷पुरुषका लागि २१ दशमलव ०९७ किलोमिटर हाफ म्याराथन प्रतियोगिता आयोजना गरिएको जनाइएको छ । 

    हाफ म्याराथनमा प्रथम, द्वितीय, तृतीय, चौथो, पाँचौँ, छैटौँ र सातौँ स्थानसम्म ओगट्न सफल महिला÷पुरुष धावकलाई समानरुपले क्रमशः रु ७५ हजार, रु ५० हजार, रु २५ हजार, रु १५ हजार, रु दश हजार, रु सात हजार र रु पाँच हजार नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । 

    बाह्र वर्षमुनिका छात्रछात्रा र ६० वर्षमाथिका पुरुष, आमा, १५ वर्षमुनिका छात्रछात्रा, ३५ वर्षमाथिका नेता, जनप्रतिनिधि, पत्रकार, कर्मचारी र शिक्षक तथा १५ वर्षमाथिका खुला महिला÷पुरुष दौड प्रतियोगिताका विजयीलाई समेत नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने महोत्सवको व्यवस्थापकीय भूमिकामा रहेको नेपाल सितोरियो कराँते सङ्घ खोटाङका अध्यक्ष मिलन कसजूले जानकारी दिएका छन् । 

    हाफ म्याराथन र दौड प्रतियोगिताका लागि रु दश लाख २० हजार पाँच सय बराबरको नगद पुरस्कार व्यवस्था गरिएको आयोजकले जनाएको छ । एथलेटिक्सतर्फको प्रतियोगिता एथलेटिक्स परिवार नेपाल र नेपाल एथ्लेटिक्स सङ्घसँगको समन्वय तथा सहकार्यमा सञ्चालन गरिने जनाइएको छ । 

    राष्ट्रिय कविता लेखन तथा गायन प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय, चौथो र पाँचौँ स्थान हासिल गर्ने प्रतियोगीलाई क्रमशः रु ४० हजार, रु २५ हजार, रु १७ हजार, रु ११ हजार र रु सात हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ । यी दुई विद्याका प्रतियोगिता खोटाङ कलाकार समाज काठमाडौँ, रावा–सावा प्राज्ञिक समाज नेपाल र ट्याम्के–तुवाचुङ प्रतिष्ठान खोटाङको सहकार्यमा सञ्चालन गरिने आयोजकले जनाएको छ । 

    जेठ ६ गतेदेखि ८ गतेसम्म सञ्चालन हुने राष्ट्रिय कराँते प्रतियोगितामा सातवटै प्रदेश, सोतोकान कराँते, गोजोरियो कराँते, बादोरिया कराँते र आयोजकसहित ११ टोली सहभागी हुने प्रष्ठिानका अध्यक्ष राईले जानकारी दिएका छन् । 

    दिक्तेलस्थित खोटाङ बहुउद्देश्यीय कभर्डहलमा आयोजना गरिने प्रतियोगितामा महिला÷पुरुष टोली प्रथम, द्वितीय, तृतीय र चौथोले क्रमशः रु एक लाख ११ हजार १११, रु ५५ हजार ५५५, रु ३३ हजार ३३३ र २२ हजार २२२ नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ । 

    प्रतियोगिताका उत्कष्ट महिला÷पुरुष खेलाडीलाई समान रु २२ हजार २२२ तथा उत्कृष्ट व्यवस्थापकलाई रु ११ हजार १११ को साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । कराँते विद्याका लागि रु दुई लाख ७७ हजार ७७६ नगद पुरस्कार व्यवस्था गरिएको आयोजकले जनाएको छ । 
     
    जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा आयोजना गरिएको बृहत् खोटाङ हलेसी खेलकुद, साहित्यिक, साङ्गीतिक तथा पर्यटन महोत्सव–२०८१’ लाई निक्कै महत्वका साथ हेरिएको छ ।

    दिक्तेल बजारमा आयोजना गरिएको महोत्सव अवधिभरमा करोडौँको आर्थिक कारोबार हुने अपेक्षा गरिएको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बताएका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार