images
images

ग्लोबल आइएमई बैङ्क र हब इन्टरनेशनल एजुकेशनबिच समझदारी, उच्च शिक्षाका लागि भारत जाने विद्यार्थीले कर्जा पाउने

ग्लोबल आइएमई बैङ्क र हब इन्टरनेशनल एजुकेशनबिच समझदारी, उच्च शिक्षाका लागि भारत जाने विद्यार्थीले कर्जा पाउने

बिहिवार, बैशाख ६ २०८१
बिहिवार, बैशाख ६ २०८१
  • ग्लोबल आइएमई बैङ्क र हब इन्टरनेशनल एजुकेशनबिच समझदारी, उच्च शिक्षाका लागि भारत जाने विद्यार्थीले कर्जा पाउने

    काठमाडौँ / ग्लोबल आइएमई बैङ्क लिमिटेड र हब इन्टरनेशनल एजुकेशन प्रा. लि.बिच एक सम्झौता भएको छ । बैङ्क र हब इन्टरनेशनल एजुकेशनबिच भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीहरूलाई शैक्षिक कर्जा सहजरूपमा प्रवाह गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

    images
    images

    उक्त समझदारी पत्रमा बैङ्कका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा हब इन्टरनेशनल एजुकेशन प्रा. लि.का संस्थापक तथा अध्यक्ष उद्धव बहादुर खड्काले हस्ताक्षर गरेका हुन् । 

    समझदारी अनुसार बैङ्कले हब इन्टरनेशनल एजुकेशनले सिफारिस गरेका विद्यार्थीहरूलाई भारतका विश्वविद्यालयहरूमा उच्च शिक्षाका निमित्त आवश्यक वित्तीय दायित्व वहन गर्न आवश्यक शैक्षिक कर्जा सहजरूपमा प्रवाह गर्नेछ । 

    हब इन्टरनेशनल एजुकेशनमार्फत सिफारिस भएका विद्यार्थी तथा अभिभावकहरूले आवश्यक कागजात तथा विवरण सहित बैङ्कको शाखा कार्यालयमा निवेदन दिए पश्चात् छिटो, सरल तथा सहज रूपमा यो कर्जा प्रवाह गरिनेछ । 

    ग्लोबल आइएमई बैङ्क मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो । बैङ्कको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन । 

    ग्लोबल आइएमई बैङ्क, सबैका लागि बैंकिङ्ग सेवा प्रदान गर्ने बैङ्क हो जसले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई, उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ । 

    बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु-याउँदै आइरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार