images
images

वीरगञ्ज नाकाबाट ६ महिनामा २९ अर्ब २७ करोडको निर्यात, गत बर्षभन्दा शतप्रतिशत बढी

वीरगञ्ज नाकाबाट ६ महिनामा २९ अर्ब २७ करोडको निर्यात, गत बर्षभन्दा शतप्रतिशत बढी

वीरगञ्ज नाकाबाट छ महिनामा वस्तु तथा सामान निर्यात गरेवापत रु १७ करोड ६६ लाख ६३ हजार राजस्व सङ्कलन

आइतवार, माघ १३ २०८१
आइतवार, माघ १३ २०८१
  • images
    images
    वीरगञ्ज नाकाबाट ६ महिनामा २९ अर्ब २७ करोडको निर्यात, गत बर्षभन्दा शतप्रतिशत बढी
    images
    images

    वीरगञ्ज / वीरगञ्ज भन्सार नाकाबाट चालु आर्थिक वर्षको छ महिनामा रु २९ अर्ब २७ करोड ८२ लाख चार हजार मूल्य बराबरका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ । 

    images
    images

    आव २०८०–८१ को छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा निर्यात शतप्रतिशत अर्थात् रु १४ अर्ब ७१ करोड रकमले निर्यात वृद्धि भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । 

    वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालु आवको छ महिनाको अवधिमा प्रशोधित भटमास र सूर्यमुखी तेल छिमेकी मुलुक भारत बढेकाले समग्रमा निर्यात बढेको बताए ।

    ‘गत आवको तुलनामा चालु आर्थिक वर्षमा समग्रमा प्रशोधित भटमास र सूर्यमुखीको तेल निर्यात बढेको छ,’ उनले भने, ‘‘अन्य कपडाजन्य सामग्री पनि बढेकाले निर्यात झण्डै दोब्बर भएको हो ।’

    गत आवको छ महिनामा यो नाका हुँदै रु १४ अर्ब ५६ करोड ७१ लख ८५ हजार मूल्य बराबरका वस्तु तथा सामान विदेशमा निर्यात भएको थियो । कार्यालयले चालु आवको छ महिनामा वस्तु तथा सामान निर्यात गरेवापत रु १७ करोड ६६ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ।
     
    गत आवको सोही अवधिमा निर्यात गरेवापत भने रु १० करोड तीन लाख ८१ हजार राजस्व सङ्कलन गरेको थियो ।

    वीरगञ्ज नाका हुँदै विशेषगरी भटमासको तेल प्रशोधित, सूर्यमुखीको प्रशोधित तेल, सेन्थेटिक यार्न, पशु आहाराको कच्चा पदार्थ, विभिन्न किसिमका कपडा, सिन्थेटिक कपडालगायत छन् ।

    वीरगञ्ज नाका हुँदै चालु आवको छ महिनामा रु दुई खर्ब ७७ अर्ब १५ करोड ५७ लाख १६ हजार मूल्य पर्ने वस्तु तथा सामान आयात भएको थियो । त्यसैगरी, गत आवको छ महिनाकै अवधिमा भने रु दुई खर्ब ६० अर्ब ३६ करोड ६१ लख ६६ हजार मूल्य पर्ने वस्तु तथा सामान आयात भएको थियो । 

    गत आवको तुलनामा चालु आवको सोही अवधिमा आयात पनि छ दशमलव ४५ प्रतिशतले बढेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार