images
images

पोखरा माइक्रोबस दुर्घटना : आठ चिनियाँ पर्यटक घाइते, चालक प्रहरीको नियन्त्रणमा

पोखरा माइक्रोबस दुर्घटना : आठ चिनियाँ पर्यटक घाइते, चालक प्रहरीको नियन्त्रणमा

बिहिवार, बैशाख ६ २०८१
बिहिवार, बैशाख ६ २०८१
  • पोखरा माइक्रोबस दुर्घटना : आठ चिनियाँ पर्यटक घाइते, चालक प्रहरीको नियन्त्रणमा

    कास्की / पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन् ।

    images
    images

    पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा माइक्रोबसमा सवार १३ जना चिनियाँ पर्यटकमध्ये आठजना घाइते भएका जिल्ला प्रहरी कार्यालय  कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए । 

    ड्यामसाइडबाट रत्नचोकतर्फ जाँदै गरेको बा १३च ५१३ नम्बरको स्कार्पियो र लेकसाइडबाट मुस्ताङचोकतर्फ आइरहेको बा१प ८५१ नम्बरको माइक्रोबस ठोक्किएका हुन् । 

    घाइते पर्यटकको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ । घाइते सबैको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

    स्कार्पिओ अनियन्त्रित हुँदा एक पसलमा समेत क्षति पुगेको छ । प्रहरीले दुवै सवारीका चालकलाई नियन्त्रणमा लिइएको जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार