images
images

तेस्रो त्रैमाससम्ममा स्ट्याण्डर्ड चार्टर्ड बैंकले कमायो २ अर्ब ४४ करोड नाफा, वितरणयोग्य नाफा कति ?

तेस्रो त्रैमाससम्ममा स्ट्याण्डर्ड चार्टर्ड बैंकले कमायो २ अर्ब ४४ करोड नाफा, वितरणयोग्य नाफा कति ?

शुक्रवार, बैशाख ७ २०८१
शुक्रवार, बैशाख ७ २०८१
  • तेस्रो त्रैमाससम्ममा स्ट्याण्डर्ड चार्टर्ड बैंकले कमायो २ अर्ब ४४ करोड नाफा, वितरणयोग्य नाफा कति ?

    काठमाडौँ / आर्थिक बर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्ममा स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको नाफा सामान्य घटेको छ । 

    images
    images

    बैंकले सार्वजनिक गरेको चालू आर्थिक बर्षको चैत मसान्तसम्ममा वित्तीय विवरण अनुसार बैंकले ९ महिनामा २ अर्ब ४४ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आर्थिक बर्षको सोहि अवधीको तुलनामा ६.२४ प्रतिशत घटेको हो । गत आवमा बैंकले २ अर्ब ६१ करोड रुपैयाँ नाफा कमाएको थियो । 

    यस्तै चालु आर्थिक बर्षको ९ महिनामा बैंकको नाफा घटेसंगै खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि घटेको छ । गत आवको तुलनामा चालू आवमा कम्पनीको सञ्चालन नाफा ६.१२ प्रतिशत र खुद ब्याज आम्दानी ११.०६ प्रतिशत घटेको छ । 

    तेस्रो त्रैमाससम्ममा कम्पनीको वितरणयोग्य नाफा १ अर्ब ८१ करोड रुपैयाँ भन्दा बढी रहेको छ । चुक्ता पूँजी ९ अर्ब ४२ करोड रुपैयाँ रहेको कम्पनीले तेस्रो त्रैमाससम्ममा जगेडामा ८ अर्ब ४४ करोड रुपैयाँ र रिटेन्ड अर्निङमा १ अर्ब ८१ करोड रुपैयाँ सञ्चिती गरेको छ । कम्पनीको निष्क्रिय कर्जा पनि गत आवको तुलनामा चालू आवमा वृद्धि भएको छ ।

    गत आवमा कम्पनीको निष्क्रिय कर्जा ०.९० प्रतिशत रहेकोमा चालू आवमा बढेर २.१४ प्रतिशत पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक ३४ रुपैयाँ ६० पैसा, मूल्य आम्दानी अनुपात १५.१७ गुणा र प्रतिशेयर नेटवर्थ २०८ दशमलव ८५ रुपैयाँ रहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार