images
images

ब्याट्रीमा लाइफ टाइम ग्यारेन्टी भएको टिभिएस आईक्यूब ईलेक्ट्रिक स्कुटर सार्वजनिक, मूल्य कति ?

ब्याट्रीमा लाइफ टाइम ग्यारेन्टी भएको टिभिएस आईक्यूब ईलेक्ट्रिक स्कुटर सार्वजनिक, मूल्य कति ?

मंगलवार, बैशाख ११ २०८१
मंगलवार, बैशाख ११ २०८१
  • ब्याट्रीमा लाइफ टाइम ग्यारेन्टी भएको टिभिएस आईक्यूब ईलेक्ट्रिक स्कुटर सार्वजनिक, मूल्य कति ?

    काठमाडौँ / नेपालमा दिगो यात्रा प्रवर्द्धन गर्ने प्रतिबद्धताका साथ जगदम्बा मोटर्स र टिभिएस मोटर कम्पनीले लाईफ टाईम व्याट्री अस्योरेन्सको साथ टिभिएस आईक्यूब ईलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ । 

    images
    images

    नेपालीहरुलाई सबैभन्दा ठूलो चिन्ताको विषय भनेको ब्याट्रीको टिकाउपन, वारेन्टी र लागत हो । त्यसैले यहि विषयलाई सम्बोधन गर्दै टिभिएसले आईक्यूब मार्फत नेपालमा ईलेट्रिक स्कुटरलाई व्यापक प्रयोगमा ल्याउने उद्देश्य राखेको छ । 

    ब्याट्री एश्योरेन्स कार्यक्रमको सदस्यता लिने टिभिएस आईक्यूबका ग्राहकहरूले ७० प्रतिशत एसओएच (स्टेट अफ हेल्थ) सम्मको ब्याट्री लाइफ प्राप्त गर्ने छन् । नेपालमा टिभिएस आईक्यूब र टिभिएस आईक्यूब एस गरी टिभिएस आईक्यूबका दुई मोडलहरु उपलब्ध हुनेछ । ग्राहक महानुभावहरुले मात्र २ लाख ९९ हजार ९०० मा टिभिएस आईक्यूब खरिद गर्न पाउनेछन् । 

    टिभिएस आईक्यूवका दुई पाङग्रे सवारी साधनहरुले नेपालमा ४ लाख ११ हजार किलोमिटर यात्रा तय गरेर १० हजार २७५ लिटर इन्धन बचत गरेको छ भने वातावरणमा २३ हजार ७६२ किलो कार्वन उत्सर्जन हुन रोकेको छ । 

    विश्वमा टिभिएस आईक्यूवका करिव ३ लाख ग्राहकहरुले अरिव १.९ अर्ब किलोमिटर यात्रा तय गर्दै ४७ करोड लिटर इन्धनको बचत गर्न सफल भएका छन् भने ६९ हजार ५९० टन कार्वन उत्सर्जन हुनबाट रोकेका छन् ।  

    जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भने, ‘हामी हाम्रो पहिलो ईलेक्ट्रिक स्कुटर नेपालमा ल्याउन पाउँदा उत्साहित छौँ । हामी विश्वस्त छौँ कि लाइफटाइम ब्याट्री एश्योरेन्सको साथ नेपालको स्कुटर बजारमा विद्युतीय सवारीको प्रयोग उल्लेखनीय रूपमा वृद्धि हुनेछ । ब्याट्री एश्योरेन्स कार्यक्रमको सदस्यता लिने टिभिएस आईक्यूबका ग्राहकहरूले पाँच वर्षमै इन्धन र मर्मतमा रु १ लाख ३५ हजार बचत गर्न सफल हुनेछन् । 

    पेट्रोलको मूल्य बढेसँगै यो बचत पनि बढ्नेछ । आईक्यूबका प्रत्येक ग्राहकले नेपालको पेट्रोल खपत प्रति वर्ष करिव ३०० लिटरले कम गर्नेछन् र कार्वन उत्सर्जन प्रति वर्ष ६९० केजिले घटाउनेछन् जुन पेट्रोल आयात गर्ने र पर्यटकीय गन्तव्य रहेको नेपाल जस्तो देशको लागि ठूलो कुरा हो ।’

    आई क्यूबले ग्राहकहरूलाई प्रिमियम साइलेन्ट राइडिङ अनुभवका साथ आरामदायी यात्रा दिन्छ । नेपालमा ३३ डिलरहरूमा उपलब्ध रहेको आईक्यूबको मूल्य रु २ लाख ९९ हजार ९०० बाट सुरु हुने कम्पनीले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार