images
images

नेपाल–कतारबिच भएका सहमति र सम्झौताहरू के–के हुन् ? (पूर्णपाठसहित)

नेपाल–कतारबिच भएका सहमति र सम्झौताहरू के–के हुन् ? (पूर्णपाठसहित)

नेपाल र कतारबिच सहकार्य गर्नेसम्बन्धमा निजी क्षेत्रसँग २ वटा सम्झौता र सरकारी तहमा ६ वटा समझदारी भएका हुन् ।

बुधवार, बैशाख १२ २०८१
बुधवार, बैशाख १२ २०८१
  • नेपाल–कतारबिच भएका सहमति र सम्झौताहरू के–के हुन् ? (पूर्णपाठसहित)

    काठमाडौँ / नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यसँग सम्बन्धित समझदारी तथा सम्झौतामा हस्ताक्षर भएको छ ।

    images
    images

    नेपाल र कतारबिच सहकार्य गर्नेसम्बन्धमा निजी क्षेत्रसँग २ वटा सम्झौता र सरकारी तहमा ६ वटा समझदारी भएका हुन् । 

    कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको दुई दिने नेपाल भ्रमणको दोस्रो दिन भएको द्विपक्षीय वार्तामा सहमति तथा सम्झौता भएका हुन् । 

    प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रुपक सापकोटाका अनुसार दुई देश बीचका सरकारी समाचार एजेन्सी, महान्यायाधिवक्ता कार्यालयसम्बन्धी,  कूटनीतिक तालिम र अध्ययन, शिक्षा, कला र संस्कृति, खेलकुद क्षेत्रमा सहकार्य गर्ने समझदारी बनेको छ ।

    यस्तै कतार चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासंघबीच पनि दुईवटा सम्झौता भएका छन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका अमिरको उपस्थितिमा सरकारीस्तरको समझदारी पत्रमा नेपालमा कानुन मन्त्री पदम गिरी र त्यहाँका समकक्षीले हस्ताक्षर गरेका हुन् । 

    त्स्तै संस्कृति, शिक्षा, युवा र खेलकुद, कूटनीतिक तालिम र कानुनी निकायहरूबिच सहकार्यसम्बन्धी पनि सम्झौता भएका छन् । गैसरकारी स्तरमा भएको सम्झौतामा नेपालमा संयुक्त व्यापार परिषद् स्थापना गर्ने उल्लेख छ ।

    यी हुन् नेपाल–कतारबिचका सम्झौताहरू 

    १. नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कतार राज्यको संस्कृति मन्त्रालयबिच संस्कृति र कलाको क्षेत्रमा सहयोगका लागि समझदारी पत्र 

    २. राष्ट्रिय समाचार समिति, नेपाल (रासस) र कतार समाचार एजेन्सी (क्यूएनए) बीच समाचार आदानप्रदान तथा सहयोगसम्बन्धी सम्झौता

    ३. नेपाल सरकार र कतार राज्यको सरकारबिच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहयोगका लागि समझदारी पत्र (एमओयू)

    ४. नेपाल सरकार र कतार राज्यको सरकारबिच युवा तथा खेलकुदको क्षेत्रमा सहयोगसम्बन्धी समझदारी पत्र 

    ५. नेपालको महान्यायाधिवक्ताको कार्यालय र कतार राज्यको सार्वजनिक अभियोजनबिच सहयोगका लागि समझदारी पत्र

     ६. नेपाल सरकारको परराष्ट्र मामिला अध्ययन संस्थान (आईएफए) र कतार राज्यको परराष्ट्र मन्त्रालयको कूटनीतिक संस्थानबिच कूटनीतिक प्रशिक्षण र शिक्षाको क्षेत्रमा सहयोगसम्बन्धी समझदारी पत्र

    ७. कतार चेम्बर र नेपाल उद्योग वाणिज्य महासङ्घबिच संयुक्त व्यापार परिषद् (जेबिसी) स्थापना गर्ने सम्बन्धी सम्झौता

    ८. कतार चेम्बर र नेपाल उद्योग वाणिज्य महासङ्घबिच भएको समझदारी पत्रको नवीकरण

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार