भारतीय वायुसेवा कम्पनी इन्डिगोसँग ३० वटा ए–३५० लामो दूरीका जेट विमान खरिद गर्न सहमति भएको एयरबसले बिहीबार जनाएको छ ।
“भारतको सबैभन्दा ठूलो एयरलाइन कम्पनी इन्डिगोले ३० वटा एयरबस ए–३५०–९०० विमान खरिद्का लागि सहमति भएको एयरबसले पुष्टि गरेको छ,” युरोपियन विमान निर्माण कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
आगामी दिनमा हस्ताक्षर हुने र सूची मूल्यमा ९.५ अर्ब अमेरिकी डलर बराबरको यस सम्झौतामा भारतीय कम लागतको सेवाप्रवाही बजार शेयरको आधारमा देशको सबैभन्दा ठूलो कम्पनी इन्डिगोले ए–३५० समूहबाट थप ७० विमानहरू किन्ने प्रस्ताव पनि गरेको छ ।
आफूलाई लामो दूरीको बजारमा एक महत्वपूर्ण सेवा प्रदायकको रूपमा स्थान लिएको इन्डिगोले सन् २०२७ देखि विमान खरिद सुरु हुने जनाएको छ।
इन्डिगोले सन् २०२४ मा १० करोड यात्रु बोकेको थियो ।
पन्ध्र हजार किलोमिटर (नौ हजार ३०० माइल)सम्मको दूरीमा चलाउन मिल्ने ए–३५० विमानको आपूर्तिले इन्डिगोलाई अन्तर्राष्ट्रिय स्तरमा आफ्नो सञ्जाललाई थप विस्तार गर्न सहज हुनेछ ।
“इन्डिगोसँगको हाम्रो घनिष्ठ साझेदारीमा यो एउटा रोमाञ्चक नयाँ अध्याय हो,” एयरबसका व्यावसायिक बिक्रीका कार्यकारी उपाध्यक्ष बेनोइट डे सेन्ट–एक्सुपेरीले भने ।
एयरबस र इन्डिगोले गत वर्षको पेरिस एयर शोमा ए–३२० नियो समूहका ५०० विमान खरिद्का लागि सहमति जनाएको १० महिनापछि यो अर्को सम्झौताका लागि सहमति भएको हो ।
उक्त बृहत् सम्झौताको सूची मूल्य ५५ अर्ब अमेरिकी डलरभन्दा माथि पुग्छ । यद्यपि, वास्तविकतामा विमानसेवा कम्पनीहरूले यसमा महत्त्व छुट पाउँछन् ।
इन्डिगोका जनरल डाइरेक्टर पिटर एल्बर्सले एक विज्ञप्ति जारी गर्दै यो सम्झौताले ‘विश्व उड्डयनको एक प्रमुख खेलाडीमा रूपान्तरणको अर्को चरण’ लाई सङ्केत गरेको बताएका छन् ।