काठमाडौँ / काठमाडौँबाट बनारस उड्ने तयारीमा रहेको बुद्ध एयरको जहाज पुनः पार्किङमा फर्काइएको छ । बीएचए १६१ एटीआर ७२ जहाजमा प्राविधिक समस्याको सङ्केत देखिएपछि पार्किङमा फर्काइएको हो ।
इण्डिकेटरले प्राविधिक समस्याको सङ्केत गरेपछि सोमबार बिहान उक्त जहाज उड्दै नउडी पार्किङमा फर्काइएको त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए । जहाजमा समस्या भएको सानो सङ्केत पाउँदा पनि पाइलटले जोखिम मोलेर उडान नभर्ने उनले बताए ।