images
images

उपराष्ट्रपति यादव र भियतनामी राजदूतबीच भेटवार्ता

उपराष्ट्रपति यादव र भियतनामी राजदूतबीच भेटवार्ता

सोमवार, बैशाख १७ २०८१
सोमवार, बैशाख १७ २०८१
  • images
    images
    उपराष्ट्रपति यादव र भियतनामी राजदूतबीच भेटवार्ता

    काठमाडौँ / उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि भियतनामका राजदूत न्हुएन थान हाईले शिष्टाचार भेट गरेका छन् । भारत र भुटानका लागि समेत भियतनामी राजदूत रहेका न्हुएन थान हाई काठमाडौँमा आयोजित लगानी सम्मेलनका निमित्त नेपाल आएका हुन् ।  

    images
    images

    राजदूत न्हुएन थान हाईले उपराष्ट्रपतिसमक्ष नेपाल र भियतनामबीच कूटनीति सम्बन्ध स्थापनाको ५० वर्ष पुग्नै लागेको उल्लेख गर्दै दुई मुलुकबीच लगानी अभिवृद्धिमा सहकार्य गर्नुपर्ने धारणा राखे । 

    नेपाल बुद्ध जन्मस्थल भएकाले भियतनामबाट ठूलो सङ्ख्यामा पर्यटक नेपाल आइरहेको उल्लेख गर्दै उनले आउँदा दिनमा पर्यटन लगायतका क्षेत्रमा सहकार्य गर्न आफ्नो मुलुक इच्छुक रहेको धारणा राखे । 

    भेटमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालले भियतनामसँगको सम्बन्ध अझै विस्तार गर्न चाहेको र यसका लागि सहकार्य प्रगाढ बनाउनुपर्ने धारणा राखे । उपराष्ट्रपति र राजदूतबीचको भेटमा नेपालका लागि भियतनामका अवैतनिक वाणिज्यदूत राजेशकाजी श्रेष्ठलगायत प्रतिनिधिहरू सहभागी थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार