images
images

अमेरिकी डलरको भाउ स्थिर हुँदा युरो सस्तियो, कुन देशको मुद्राको भाउ कति ?

अमेरिकी डलरको भाउ स्थिर हुँदा युरो सस्तियो, कुन देशको मुद्राको भाउ कति ?

बिहिवार, बैशाख २० २०८१
बिहिवार, बैशाख २० २०८१
  • images
    images
    अमेरिकी डलरको भाउ स्थिर हुँदा युरो सस्तियो, कुन देशको मुद्राको भाउ कति ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेको विनिमय दर अनुसार बिहीबार अमेरिकी एक डलरको भाउ स्थिर छ । आज अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ १९ पैसा र बिक्रीमा १३३ रुपैयाँ ७९ पैसा तोकिएको छ । 

    images
    images

    यसैगरी, युरोपियन युरोको भाउ घटेको छ । यसअघि एकको खरिद मूल्य १४२ रुपैयाँ ८३ पैसा र बिक्री मूल्य १४३ रुपैयाँ ४७ पैसा निर्धारण गरिएको युरोको भाउ आज घटेर खरिदमा १४२ रुपैयाँ १३ पैसा र बिक्रीमा १४२ रुपैयाँ ७७ पैसा रहेको छ ।

    युके पाउन्ड स्टर्लिङ एकको खरिदमा १६६ रुपैयाँ १३ पैसा र बिक्रीमा १६७ रुपैयाँ ९५ पैसा पर्नेछ । युके पाउन्ड स्टर्लिङको भाउ पनि आज घटेको हो ।

    अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८६ रुपैयाँ ३१ पैसा र बिक्री मूल्य ८७ रुपैयाँ ७० पैसा, सिङ्गापुरे डलर एकको खरिदमा ९७ रुपैयाँ ५९ पैसा र बिक्रीमा ९८ रुपैयाँ ०३ पैसा तोकिएको छ । 

    यसैगरी, क्यानेडियन डलर एकको खरिदमा ९६ रुपैयाँ ७५ पैसा र बिक्रीमा ९७ रुपैयाँ १८ पैसा र हङकङ डलर एकको खरिद मूल्य १७ रुपैयाँ ०२ पैसा र बिक्री मूल्य १७ रुपैयाँ १० पैसा पर्नेछ । 

    त्यस्तै, जापानिज युआन एकको खरिदमा ८ रुपैयाँ ४४ पैसा र बिक्रीमा ८ रुपैयाँ ४७ पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ५१ पैसा र बिक्री दर ३५ रुपैयाँ ६७ पैसा र कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ५२ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ६८ पैसा तोकिएको छ ।

    यसैगरी, साउथ कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ ६१ पैसा र बिक्रीमा ९ रुपैयाँ ६५ पैसा, कुवेती दिनार एकको खरिदमा ४३२ रुपैयाँ २१ पैसा र बिक्रीमा ४३४ रुपैयाँ १६ पैसा र बहराइन दिनार एकको खरिद मूल्य ३५३ रुपैयाँ २५ पैसा र बिक्री मूल्य ३५४ रुपैयाँ ८४ पैसा पर्नेछ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार